मुस्तफा र शाहजाद चम्किदा दोश्रो टि-२० मा नेदरल्याण्ड युएईसंग पराजित

युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट प्रतियोगिताको तयारीको लागि नेदरल्याण्ड भ्रमणमा रहेको युएईले घरेलु टिमलाई दोश्रो टि-२० मा पनि पराजित गरेको छ।

५ विकेटले नेदरल्याण्डलाई पराजित गर्दै ४ टि-२० को सिरिजमा २-० को अग्रता युएईले लिएको छ। पहिलो टि-२० मा युएई १३ रनले विजयी भएको थियो। तेश्रो टि-२० आज राति खेलिनेछ।

वरियतामा १३ औं स्थानमा रहेको नेदरल्याण्डलाई १६ औं स्थानमा रहेको युएईले पराजित गर्दै २०२० टि-२० विश्वकप छनौट हुन बलियो दावेदारी प्रस्तुत गरेको छ।


भीआरए मैदानमा टस जितेर युएईले बलिंग रोजेपछि ब्याटिंग गरेको डच टिमले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। उसको लागि बेन कुपरले सर्वाधिक ४६ रन ( ३८ बलमा ५ चौका र १ छक्का ) तथा कप्तान पिटर सिलरले ३४ रन ( २९ बलमा १ छक्का ) बनाए।

युएई अफस्पिनर रोहन मुस्तफाले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) तथा जहुर खानले २ र मोहम्मद नभिद र सुल्तान एहमदले १/१ विकेट लिए। पहिलो टि-२० मा पनि मुस्तफाले २ विकेट लिएका थिए।

१३७ रनको लक्ष्य पछ्याउने क्रममा रमिज शाहजादले ४१ बलमा ६ चौका मदतले सर्वाधिक ४९ रन बनाए। मोहम्मद उस्मानले ३४ तथा अश्फाक एहमदले २५ रन बनाए। उस्मानले पहिलो टि-२० मा अर्धशतक बनाएका थिए। आठौँ ओभरमा ५८/३ को अवस्थाबाट शाहजाद र उस्मानले चौथो विकेटको लागी ५९ रनको साझेदारी गरे।

Rameez Shahzad ( File Photo )

अन्तिम  २ ओभरमा १४ रन आवस्यक रहंदा उस्मानले १९ औं ओभरमा छक्का प्रहार गरेका थिए। जसलगत्तै उनि आउट भएका थिए। त्यसपछि अन्तिम ओभरको तेश्रो बलमा १ रन आवस्यक हुँदा मोहम्मद बुताले चौका प्रहार गर्दै जित दिलाएका थिए। बुताले ८ बलमा ११ रन बनाए।

५ विकेट गुमाएर १९.३ ओभरमा युएईले लक्ष्य पुरा गर्यो।

नेदरल्याण्डको बलिंगमा भीभीएन किंग्मा, सेबास्तीएन ब्रात, फिलिप्पे बोइसेभाइन, सिकन्दर जुल्फिकर र सकिब जुल्फिकरले समान १/१ विकेट लिए।

 

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]