युएईले चकनाचुर पार्यो जिम्बाबेको बिश्वकप सपना

  • विकेटनेपाल, चैत ८

जिम्बाबेको २०१९ एकदिवसीय बिश्वकप छनौट हुने सपना युएईले चकनाचुर पारेको छ। जिम्बाबेले युएईलाई पराजित गरे बिश्वकप छनौट हुने खेलमा सुपर सिक्स चरणमा कुनै पनि खेल जित्न नसकेको युएईसंग ३ रन ( डीएल मेथड ) ले पराजित भएपछि खेल हेर्न मैदानमा पुगेका हजारौं जिम्बाबे समर्थकहरु निराश हुँदै घर फर्किनुपर्यो।

बिश्वकप छनौटको सुपर सिक्स अंकतालिकाको उत्कृस्ट २ टिम बिश्वकप खेल्न पाउनेछन् जसअनुसार वेस्ट इन्डिजले आफ्नो सिट पक्का गरिसकेको छ। जिम्बाबे युएईसंग पराजित भएपछि अब शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा अफगानिस्तान र आयरल्याण्ड बीच बिजेता हुने टिम बिश्वकप खेल्न छनौट हुने समीकरण बनेको छ। यदी अफगानिस्तान र आयरल्याण्ड बीचको खेल बराबरीमा टुंगिएको ( Tie ) अवस्थामा भने जिम्बाबे बिश्वकप खेल्न छनौट हुनेछ।

अंकतालिका

यसरी हार्यो जिम्बाबे

समुह चरणमा स्कटल्याण्डसंगको खेल बराबरी हुनु बाहेक अपराजित हुँदै सुपर सिक्स चरण प्रवेश गरेको जिम्बाबेले सुपर सिक्समा वेस्ट इन्डिजसंग हार बेहोरेको थियो। सुपर सिक्समा कुनै खेल नजितेको युएईसंग पराजित हुने आंकलन सायदै कसैले गरेका थिए।

टस हारेर ब्याटिंग गरेको युएईले पहिलो इनिंगमा ४७.५ ओभरमा ७ विकेट गुमाएर २३५ रन बनाउदा वर्षाले खेल रोकिएपछि त्यतिमै इनिंग सकिंदा दोश्रो इनिंगमा जिम्बाबेलाई ४० ओभरमा २३० रनको नयाँ लक्ष्य दिईएको थियो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले खराब सुरुवात गर्दै पहिलो ३ विकेट ४५ रनको स्कोरमै गुमाउन पुग्यो। त्यसपछि चौथो विकेटको लागि सेन विलियम्स र पिटर मुरले ७९ रनको साझेदारी गरे। मुर ३९ रन बनाएर आउट भएपछि विलियम्सले पाँचौ विकेटको लागि ६१ रनको साझेदारी गर्दै टिमलाई जित्ने आशा दिलाए। तर ३४ रन बनाएका राजालाई युएई कप्तान रोहन मुस्तफाले आउट गरेपछि जिम्बाबे समस्यामा परेको थियो।

राजाले विकेट गुमौदा ३४.३ ओभरमा १८५/५ को अवस्थामा रहेको जिम्बाबेले ३३ बलमा ४५ रन बनाउनु पर्ने थियो। ३७ औ ओभरमा विलियम्स ८० रन ( ८० बल, ५ चौका र १ छक्का ) बनाएर मुस्तफाको बलमा क्याच आउट हुँदा जिम्बाबेको समस्या झनै बढ्यो। लगातार बढेको रन गति रोकिएन र ७ विकेट गुमाएको अवस्थामा जिम्बाबेलाई अन्तिम ओभरमा १५ रन बनाउने परिस्थिति आईपुग्यो।

मोहम्मद नाबेदले गरेको ओभरको पहिलो ५ बलमा ९ रन दिएपछि अन्तिम बलमा जिम्बाबेलाई जित्न ६ रन आवस्यक थियो। तर अन्तिम बलमा क्रेग इर्भिनले २ रन मात्रै बनाउन सक्दा ३ रनको पीडादायी हार बेहोर्न बाध्य भयो।

युएई बलर मोहम्मद नाबेदले ३ विकेट ( ८-०-४०-३ ) तथा रोहन मुस्तफाले २ विकेट ( ८-०-५६-२ ) हात पारे।

युएईको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको युएईको लागि रमिज शहजादले सर्वाधिक ५९ रन बनाए भने घुलाम शब्बिरले ४० रन तथा शैमन अनवरले ३३ तथा रोहण मुस्तफाले ३१ रन योगदान दिए। ४७.५ ओभरमा वर्षाको कारण युएईको इनिंग पुरा हुन पाएन जुन अवस्थामा युएईले ४७.५ ओभरमा २३५/७ रन बनाएको थियो।

जिम्बाबे बलर सिकन्दर राजाले ३ विकेट तथा तेन्दाई चताराले २ विकेट हात पारे।

खेल हेर्न ठुलो संख्यामा मैदान पुगेका जिम्बाबे समर्थकहरु निराश हुनुपर्यो




थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]