युएई प्रशिक्षकद्वारा नेपालको तारिफ, पारसले भने सिरिज जित सहज थिएन

  • विकेटनेपाल, माघ २० – आइतबार 

युएईलाई एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा पराजित गर्दै ऐतिहासिक उपलब्धि हाँसिल गरेपछि टिम कप्तान पारस खड्काले जित सहित धेरै मिठो यादहरु पनि लिएर नेपाल फर्कने प्रतिक्रिया दिएका छन्।

दुवै सिरिजमा ०-१ ले पछि परेपछि कम्ब्याक गर्दै २-१ ले जित्न सफल नेपाली टिमको लागि सिरिज पक्कै सजिलो थिएन। पारसले जित पछि टिम माथि गर्व गरे –

“पछिल्लो २ हफ्ता हाम्रो लागि अविस्मरणिय रह्यो, हामीले एउटा टिमको रुपमा गजबको प्रदर्शन गर्यौं।”

“घर फर्कदा हामीसंग ३ वटा ट्रफीमात्रै हैन असंख्य यादहरु समेत हुनेछ”

नेपालले दुवै सिरिज जित्यो भने प्रतियोगिताकै उत्कृस्ट खेलाडीको ट्रफी अभिनाश बोहराले जिते। पारसले जित हात पार्नु सहज नरहेको समेत बताए –

“दुवै सिरिजमा एउटा खेल पराजित भए पछि हामीले कमब्याक गर्नु पर्ने थियो। ३ वटा खेलको सिरिजमा एउटा खराब दिनले खेल खत्तम हुन सक्थ्यो”

साथै पारसले खेलाडीहरुको प्रदर्शन र तेश्रो टि-२० मा गरेको फिल्डिंगको समेत तारिफ गरे-

“टिमका खेलाडीहरुले उत्कृस्ट प्रदर्शन गरे। उनीहरुले जिम्मेवारी राम्रोसंग निभाए र विशेष गरि आजको फिल्डिंग बिश्वास गर्न नसकिने खालको थियो”

“म निकै खुसि छु जसरि खेलाडीहरुको विकास भइरहेको छ। म आशा गर्छु कि प्रदर्शनमा यस्तै निरन्तरता र लय हामीले खेल्ने आगामी खेलहरुमा पनि लिएर आउनेछौँ”

सिरिजमा उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका बिपक्षी टिमका कप्तान तथा तिब्र गति बलर मोहम्मद नबिदको पनि पारसले प्रसंशा गरे। नबिदले अन्तिम टि-२० मा २ ओभर बलिङ्ग गर्दा पहिलो ओभर मेडन गर्दै मात्र ६ रन दिएका थिए। यस्तै उनले टि-२० सिरिज र एकदिवसीय सिरिजमा ५/५ विकेट गरि १० विकेट लिंदै किफायती बलिङ्ग समेत गरे।

“सिरिजमा नबिद सबैभन्दा उत्कृस्ट बलरहरु मध्येका थिए। उनले सधैँ राम्रो गरे।”

अन्तिम टि-२० मा युएईले दिएको अतिरिक्त रनले जितमा महत्वपूर्ण भूमिका खेलेको पनि उनले बताए-

“हाम्रो लक्ष्य ८०-९० को बीचमा थियो तर हामीले १४ रन अतिरिक्तको रुपमा पायौं जसले निकै सहयोग गर्यो”

“हामीले प्रयास गर्दै गयौं, गर्दै गयौं, यो गजबको टिम एफर्ट थियो”

युएई प्रशिक्षक डगी ब्राउनले पनि गरे प्रसंशा 

दुवै सिरिजमा पराजित भए पछि युएई प्रशिक्षक डगी ब्राउनले नेपालको टिमवर्क र फिल्डिंगको खुलेर तारिफ गरेका छन् भने युएईले दबाबमा आउदा धेरै गल्तिहरु गरेको समेत औल्याएका छन्।

“नेपालको टिम वर्क गजबको थियो। उनीहरुले अपत्यारिलो खालको फिल्डिंग गरे र महत्वपूर्ण समयमा उनीहरु आतिएनन्”

“हामीले सिरिजको सम्पूर्ण ६ वटा खेलमा जित्ने अवसरको सिर्जना गरेका थियौं। दुर्भाग्यवस त्यसको समयमा हामीले अभ्यास गरे अनुसार कसेर राख्न सकेनौ”

“हामीले विकेटहरु गुमायौं, क्याचहरु छुटायौं र महत्वपूर्ण समयमा दबाबमा आउदा फिल्डिंगमा गल्ति गर्यौं। हामी अभ्यास गरे भन्दा उल्टो प्रदर्शन गर्यौं जसले हामीमा दबाब सिर्जना गरेको छ”

नेपालले एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा ३ विकेटले पराजित भएको थियो जसपछि दोश्रो एकदिवसीय १४५ रनले तथा तेश्रो एकदिवसीय ४ विकेटले जित्दै २-१ ले एकदिवसीय सिरिज जितेको थियो। टि-२० सिरिजमा पनि पहिलो खेलमा नेपाल २१ रनले पराजित भए पछि दोश्रो खेलमा ४ विकेटको र तेश्रो खेलमा १४ रनको जित निकाल्दै टि-२० सिरिज पनि २-१ ले नै जित्न सफल रह्यो।

एकदिवसीय सिरिजमा सोमपाल कामि र टि-२० सिरिजमा अभिनाश बोहरा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। सिरिज जितसंगै नेपालले १० हजार डीराम समेत जित्यो।

( समाचार र फोटो श्रोत –  द नेसनल युएई )





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]