युएई र कुवेत एशिया कप छनौट खेल्ने

युएई र कुवेत एशिया कप टि–ट्वान्टी छनौट प्रतियोगिता खेल्ने भएको छ । ओमानमा भइरहेको टी २० वेस्टर्न रिजनको फाइनलमा प्रवेश गरेसंगै युएई र कुवेत एशिया कप छनौट खेल्ने पक्का भएको हो ।

आज भएको पहिलो सेमीफाइनलमा कुवेतले बहराईनलाई ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कुवेतले दिएको २११ रनको ठूलो लक्ष्य पछ्याएको बहराइन १७ ओभरमा मात्र १२३ रन बनाउन सक्यो । बहराइनका लागि फेज अहमदले सर्वाधिक ३० रन बनाए । कुवेतका लागि मोहम्मद असलमले सर्वाधिक ४ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको कुवेतले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय १० रन बनाएको थियो । उसका लागि रभिजा डी सिल्भाले ६७ रन बनाए भने उस्मान पटेलले ५६ तथा अफ्सल असरफले ४५ रन बनाए । यस्तै मुहम्मद अमिनले ३२ रन बनाए । कुवेतले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेको थियो।

यस्तै आजै भएको दोस्रो सेमीफाइनलमा युएईले कतारलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो । पहिले ब्याटिङ गरेको यूएई १८ ओभर चार बलमा एक सय २२ रनमा अलआउट भयो । उसका लागि चिराग सुरीले सर्वाधिक ३८ रन बनाउँदा बाँकी खेलाडीले राम्रो खेल्न सकेनन्।

जवाफमा कतार मात्र ९४ रनमा अलआउट भयो। युएईका लागि मुहम्मद जुनेद सिदिकले ४ र जहुर खानले ३, अहमद राजाले २ र रोहन मुस्ताफाले एक विकेट लिए । अब यी दुईबीचको उपाधि भिडन्त भोलि हुनेछ ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]