युएईले घोषणा गर्यो आफ्नै ‘प्रिमियर लिग टि-२०’

ईण्डियन प्रिमियर लिग ( आईपीएल ) र आईसीसी टि-ट्वान्टी विश्वकप पछि युएईको ईमिरेट्स क्रिकेट बोर्ड ( ईसीबि ) ले आफ्नै टि-ट्वान्टी च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘प्रिमियर लिग टि-२०’ नाम रहने प्रतियोगिता ईमिरेट्स क्रिकेट बोर्डले सोमबार घोषणा गरेको छ जसमा ६ वटा टोलि सहभागी रहनेछन्। लिग जनवरीमा २०२२ मा आयोजना हुनेछ। लिगको अधिकारिक लोगो समेत सार्वजनिक गरिएको छ।

लिगमा सहभागी हुने ६ वटा टिम मध्ये कम्तिमा दुईवटा टोलि आईपीएलकै फ़्रेन्चाइज टिम मालिकको समेत हुने बताईएको छ। शाहरुख खान मालिक रहेको नाइट राइडर्स फ़्रेन्चाइज् र दिल्ली क्यापिटल्सको सह-मालिक रहेको जीएमआर ग्रुपको पनि सहभागीता रहनेछ। क्रिक्बजका अनुसार ईसीबि चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावादसंग पनि छलफल गरिरहेको छ।


ईसीबिले लिगमा विश्व क्रिकेटका ठूला नामहरु आवद्ध हुने जसले देशको खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने विश्वास लिएको छ। जनवरी-फेब्रुअरीमा पाकिस्तान सुपर लिग समेत आयोजना हुने हुँदा दुई वटा लिगमा जान खेलाडीहरु बीच प्रतिस्पर्धा हुने देखिन्छ।

यस अघि २०१८ मा पनि युएईले ‘युएई टि-२० एक्स’ नामक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो जसमा ओएन मोर्गन, एबि डी भिल्लीयर्स, आन्द्रे रसेल जस्ता खेलाडीहरु खेल्ने बताईएको थियो। तर प्रतियोगिता सुरु हुनु एक महिना अघि टिमहरु बिक्रि नभएको कारणले लिग स्थगित भएको थियो। त्यसपछि २०२० मा पुनः प्रतियोगिता घोषणा गर्ने योजना बनाइएको थियो जुन कोभिड-१९ का कारण सम्भव हुन सकेको थएन।

युएईमा सेप्टेम्बर १९ देखि आईपीएलको दोश्रो फेजको खेलहरु आयोजना हुँदैछ जसपछि अक्टोबर १५ तारिख देखि टि-ट्वान्टी विश्वकप सुरु हुँदैछ। विश्वकप सकिए लगत्तै युएईमा अबु धाबी टि-१० लिग हुने तालिका समेत रहेको छ जुन नोभेम्बर-डिसेम्बरमा खेलिनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]