नेपाल-युएई सिरिजको खेल हेर्न पुग्ने दर्शकलाई खुसिको खबर, पहिलो खेल लाइभ हुने

२०७५ पुष २६, बिहीबार १७:५०

  • विकेटनेपाल, पुष २६ – बिहिबार 

यही जनवरी २५ देखि अर्थात माघ ११ गते देखि युएईमा खेलिने नेपाल र युएई बीच खेलिने एकदिवसीय र टि-ट्वान्टी अन्तर्रराष्ट्रिय सिरिज दर्शकहरुले बिना शुल्क हेर्न पाउने भएका छन्।

नेपालले युएईसंग ३ वटा एकदिवसीय र ३ वटै टि-२० खेल गरि सिरिजमा कुल ६ खेल खेल्नेछ जुन खेलहरुले आईसीसीको अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।

सिरिजको सबै ६ वटै खेल दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ। युएई क्रिकेट बोर्डले खेल हेर्न पुग्ने दर्शकहरुलाई निशुल्क प्रवेश दिने समेत घोषणा गरेको छ।

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ।

पहिलो खेल लाईभ हुने 

युएई क्रिकेट बोर्डले सिरिज अन्तर्गत जनवरी २५ तारिकमा खेलिने पहिलो एकदिवसीय लाईभ गर्ने समेत घोषणा गरेको छ। बिश्वभर दर्शकहरुले पहिलो खेलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन्। खेल प्रत्यक्ष कुन माध्यममा हुने नखुलाईए पनि YouTube बाट प्रत्यक्ष प्रशारण हुने सम्भावना बढी रहेको छ।

अन्य खेलको भने प्रत्यक्ष प्रशारण गर्ने वा नगर्ने बारे भने युएई बोर्डले बताएको छैन। युएई क्रिकेटको जानकार मानिने द नेसनल पत्रिकाका खेल पत्रकार पल र्याडलिले बिहिबार ट्विटर मार्फत पहिलो खेल प्रत्यक्ष प्रशारण हुने पक्का भए पनि अन्य खेल प्रत्यक्ष प्रशारण गर्ने बारे युएई बोर्डले हालसम्म जानकारी नदिएको बताएका छन्। उनले ट्वीट मार्फत पहिलो प्रत्यक्ष हुँदै गर्दा अन्य खेल पनि प्रत्यक्ष नहुनु पर्ने कुनै कारण आफुले नदेखेको समेत धारणा व्यक्त गरेका छन्। अन्य खेल प्रत्यक्ष हुने नहुने बारे युएई बोर्डको आगामी प्रेस वक्तव्य कुर्नु पर्नेछ।

सिरिजको लागि बिहिबारनै युएईले १६ सदस्यीय टोलिको समेत घोषणा गरेको छ जसको कप्तानी तिब्र गति बलर तथा नेपाली घरेलु क्रिकेटमा इपीएल , पिपिएल जस्ता टि-२० खेलीसकेका मोहम्मद नबिले गर्नेछन्। नियमित कप्तान रोहन मुस्ताफा प्रतिवन्धमा रहेका कारण युएईको कप्तानी नबिदले गर्ने भएका हुन्।

इमर्जिंग कप प्रतियोगिता दौरान आयोजकसंग असन्तुष्टी जनाएर सामाजिक संजालमा लेखेका कारण मुस्ताफासहित तीन खेलाडीलाई आठ साताको युएई क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको छ।

युएईको टोली:

मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

Lalit Rajbanshi
Lalit Rajbanshi

नेपालले पनि प्रतियोगिताको लागि २० सदस्यीय प्रारम्भिक टीमको घोषणा गरिसकेको छ।

२० सदस्यीय नेपाली टिम :- पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

सिरिजको लागि नेपाली टिमले बुधबार देखि तयारी थालीसकेको छ। बुधबार टिमले जिम र फिटनेसमा समय बितायो भने बिहिबार टियु मैदानमा टिमले अभ्यास गर्यो।

सिरिजको दौरान नेपाली टिमलाई भारतीय ब्याटिंग कन्सल्टेन्ट उमेश पटवालले प्रशिक्षण गर्नेछन्। अफगानिस्तान क्रिकेट टिमका पुर्व ब्याटिंग प्रशिक्षक तथा गत मार्चमा नेपालले बिश्व कप छनौट प्रतियोगिता खेल्दा नेपालको ब्याटिंग कन्सल्टेन्ट रहेका पटवाल बिहिबार नेपाल आएका छन्।

नेपालले २०१८ मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। २ मध्ये नेपालले पहिलो एकदिवसीयमा हार बेहोर्दा दोश्रोमा भने १ रनको जित हाँसिल गरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy