‘युएईको पिचमा हाई स्कोरिंग म्याच कम देख्न पाइनेछ’ भुवनेश्वर कुमार

आईपीएलको १३ औं संस्करण १९ सेप्टेम्बर देखि युएईमा सुरु हुँदैछ। ५ महिना पछि भारतीय खेलाडीहरु तथा विश्वभरका स्टार क्रिकेटरहरु क्रिकेटको कुम्भमेलामा सहभागी हुनेछन्। प्रतियोगिताको लागि फ्यानहरुको प्रतीक्षा व्यग्र रहेको बेला भारतीय क्रिकेटर भुवनेश्वर कुमारले फ्यानहरुले सुन्न नचाहने कुरा बताएका छन्।

सनराइजर्स हैदरावादका फास्ट बलर कुमारले बताएका छन् – “युएईको पिच निकै ढिलो छ यस्तोमा यहाँ हाई स्कोरिंग म्याच कम देख्न पाइनेछ।” आईपीएलमा आफ्नो प्रिय ब्याट्सम्यानम्यानहरुले विस्फोटक ब्याटिंग गर्दै विशाल योगफल बनाएको हेर्न चाहने फ्यानहरुको लागि यो पक्कै खुसिको खबर हैन।

पिच स्पिनरलाई मद्दत गर्ने भएता पनि कुमारले ब्याट्सम्यानहरुले रन बनाउने तरिका खोज्ने जसको लागि बलरहरु तयार हुनुपर्ने बताए।

“मलाई लाग्दैन कि बलरहरुको हात पूर्णत माथि हुनेछ। पिक ब्याट्सम्यानको लागि मद्दत गर्ने नभएता पनि ब्याट्सम्यानहरुले रन बनाउने नयाँ तरिका निकाल्नेछन् र जसरि बलरहरुले विकेट निकाल्ने तरिका खोज्छन्” कुमारले बताए।

मार्चमा भारतमा आयोजना हुने आईपीएल कोभिड-१९ महामारी पछि युएईमा सारिएको थियो जहाँ अबुधावी, दुबई र शारजाह गरि ३ ठाउँमा खेलहरु खेलिनेछ।

आईपीएल युएईमा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ

आईपीएलमा २०११ देखि लगातार खेलीरहेका कुमारले ९६ खेलमा १०९ विकेट लिए छन्। भुवनेश्वरले आफुमा ठूलो खेलाडी हुनुको दबाब नरहेको बताएका छन् –

“मलाई दबाब छैन किनकि एक्लो भन्दा सबै मिलेर प्रदर्शन गर्ने हो। ११ जना खेलाडीले योगदान दिने कुरा हो। सिनियर खेलाडी हुनुको नाताले तपाई सधै बढी जिम्मेवारी लिन चाहनुहुन्छ, तर दबाब कत्तिपनि छैन।”

३० वर्षीय स्विंग बलरले प्रतियोगिताको लागि टिमको तयारी राम्रो भएको र आफ्नो शतप्रतिशत दिने समेत बताए – “मलाई लाग्छ सबै टिमको उपाधि जित्ने सम्भवा उस्तै छ। जहाँसम्म सनराइजर्स हैदरावादको कुरा छ, हामि निकै राम्रो तयारी गरिरहेका छौँ र निश्चित रुपमा हाम्रो लक्ष्य उपाधिनै हुनेछ।”

आईपीएलका सबैभन्दा सफल बलर मध्येका कुमारले २०१६ र २०१७ को सिजन लगातार सबैभन्दा धेरै विकेट लिंदै पर्पल क्याप जितेका थिए। २०१६ उनले १७ खेलमा २३ विकेट तथा २०१७ मा १४ खेलमा २६ विकेट लिएका थिए। गत सिजन भने खास प्रदर्शन गर्न नसकेका कुमारले १५ खेलमा १३ विकेट लिएका थिए।

अस्ट्रेलिया बिरुद्ध वानडे टिममा जेसन रोयको कम्ब्याक

‘बैंगलोर टिम २०१६ पछिको सबैभन्दा सन्तुलित’- कोहली

मलान टि२० वरियताको शिर्षमा

यो वर्ष बिग ‘ब्यास लिग’मा भारतीय स्टार खेलाडी युभराज सिंह खेल्न सक्ने

IPL 2020 : अरेन्ज क्याप जित्न सक्ने ११ खेलाडी





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]