दुवै ओपनर आउट भएपछि पारस र ऐरीको अर्धशतकीय साझेदारी

Dilip Nath, Gyanendra Malla

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को फाइनल खेलमा युएईले दिएको २७८ रनको लक्ष पछ्याउने क्रममा नेपालले मध्यम सुरुवात गरेको छ।

टस जितेर ब्याटिंग गर्दै युएईले २७७/४ को योगफल तयार गरेपछि लक्ष्य पछ्याउने क्रममा नेपालले दुवै ओपनरलाई गुमाईसकेको छ। ज्ञानेन्द्र मल्ल २४ रन तथा दिलिप नाथ १३ रन बनाएर आउट भएका छन्। मल्ल र नाथले पहिलो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए। ३८ रनको स्कोरमा नेपालले दुवैलाई गुमाएको थियो।

२ विकेट गुमेपछि हाल क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्र ऐरी ब्याटिंग गरिरहेका छन्। यो समाचार तयार पार्दासम्म पारस खड्का २७ रन ( ३९ बल, २ छक्का ) तथा दिपेन्द्र ऐरी २७ रन ( ५९ बल, १ छक्का ) बनाएर ब्याटिंग गरिरहेका छन्। नेपालले २५ ओभरमा ८६ रन बनाउदा २ विकेट गुमाएको छ। तेश्रो विकेटको लागि पारस र दिपेन्द्रले ६० रनको साझेदारी पुरा गरेका छन्।

प्रत्यक्ष स्कोर हेर्नुस 

युएईको ब्याटिंग 

युएई ओपनर तथा कप्तान रोहण मुस्तफा र अश्फाक अहमदले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्दै युएईलाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। २५ औं ओभरमा बसन्त रेग्मीले मुस्तफालाई ५१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। मुस्तफाले ७४ बलमा ७ चौका प्रहार गरे।

मुस्तफाको विकेटपछि अश्फाकले दोश्रो विकेटको लागि घुलाम शब्बिरसंग ५४ रनको साझेदारी गरे। शब्बिरलाई १८ रनको स्कोरमा सन्दिप लामिछानेले रन आउट गरे। अर्को किनारमा विकेट गए पनि विकेट जोगाउदै अहमदले शतक पुरा गरे। १२३ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि ११४ रनको व्यक्तिगत स्कोरमा अहमदलाई सन्दिपले ४३ औं ओभरमा आउट गरे। तेश्रो विकेटको लागि अहमदले रामिज शहजादसंग ४८ रन जोडे।

शाहजादले चौथो विकेटको लागि शैमन अनवरसंग ५५ रनको साझेदारी गर्दै युएईको स्कोर २५० पार गराए। अनवरलाई ४९ औं ओभरमा ४० रनको व्यक्तिगत स्कोरमा सोमपाल कामिले आउट गरे। रमिज शाहजादले अविजित ४१ रन ( ४६ बल, १ चौका र १ छक्का ) प्रहार गर्दै युएईको स्कोर ५० ओभरमा २७७/४ पुर्याए।

प्रतियोगितामै पहिलो पटक कमजोर देखिने क्रममा नेपालको लागि सोमपाल कामि, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे। करन केसी, पारस खड्का र शरद भेसावकर विकेट बिहिन रहे।

उपाधिको लागि नेपाल र युएई खेल्दै, जित/हार यसकारण महत्वपूर्ण

प्रतियोगिताको शिर्ष दुईमा पर्दै नेपाल र युएईले, जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटका लागि बाटो खुल्ला गरिसकेका छन्। नेपाली टोलि डिभिजन १ मा बढुवा समेत भएको छ। आजको खेलले भने प्रतियोगिताको बिजेता र उपविजेताको टुंगो लगाउनका साथै मार्चमा जिम्बाबेमा हुने एक दिवसिय विश्वकप छनौटमा कुन समुहमा पर्ने निर्धारण समेत गर्नेछ।

जिते कुन समुह हारे कुन समुह ?

आज हुने युएई र नेपाल बिचको खेलले आगामी मार्चमा जिम्बावेमा हुने आइसीसी विश्वकप छनौटको समूह निर्धारण गर्नेछ। बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

यसअघि नै समुह “ए” मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी सामेल छन्। आजको फाइनल खेलको बिजेताले समुह “ए” मा स्थान बनाउने छ। यस्तै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। आजको खेलको उपविजेताले यो समूहमा स्थान बनाउनेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]