युएईले दियो नेपाललाई १०६ रनको लक्ष्य : महिला टि-२० स्म्याश

  • विकेटनेपाल – ३० पौष, सोमबार

थाइल्याण्डमा जारी महिला टि-२० स्म्याश क्रिकेट अन्तर्गत नेपाली महिला टोलीले आफ्नो तेस्रो खेलमा संयुक्त अरब एमिरेट्स (युएई) महिला टोलीको सामना गर्दैछ।

पहिलो दुई खेलमा जित निकालेको नेपाली टोलीलाई तेस्रो खेलमा युएईले जितका लागि १०६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

बैंगकक् मा टस जितेर ब्याटिंग गर्न उत्रिएको युएई महिला टोलीले नेपालको बलिंग सामु निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो।

Nepal Women's Cricket Team
Nepal Women’s Cricket Team

उत्कृस्ट सुरुवात गरेको युएईका लागि छायाँ मुघल र इशा ओजाले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए।   छैठौं ओभरको दोस्रो बलमा सिता मगरले इसालाई व्यक्तिगत २८ रनमा इन्दु बर्माको हातमा क्याच आउट गराइन्।

त्यसपश्चात तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएकी सुभा भेन्कटरमन (२) र चौथो नम्बरमा आएकी कभिसा कुमारी (५) ले टोलीलाई खास योगदान गर्न सकेनन्।

Sonu Khadka (File Photo)

टोलीको खाता सर्वाधिक व्यक्तिगत योगदान गर्ने क्रममा छायाँ मुघलले ३१ रनको इनिंग खेलिन्। यस्तै इशा ओजाले २८ रन जोड्दा चमनी सेनेभिरथ्ने २३ रनमा अविजित रहिन्।

नेपालको बलिंगतर्फ सोनु खड्का, सिता राना मगर र करुना भण्डारीले समान १-१ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा सिताले १८ रन खर्चेर १ विकेट हात पार्दा, सोनुले ३ ओभरमा १६ रन  तथा करुनाले २ ओभरमा ११ रन खर्चिन। युएईले तिन विकेट भने रन आउट स्वरूप गुमाएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]