युएई बिरुद्द नेपालको सानदार जित, सेमीफाइनल स्थान पक्का

Nepal Women's Cricket Team
  • विकेटनेपाल – ३० पौष, सोमबार

सिता राना मगरले अलराउण्ड प्रदर्शन गरेपछि थाइल्याण्डमा जारी महिला टि-२० स्म्याश प्रतियोगिता अन्तर्गत नेपालले युएई माथि ६ विकेटको सानदार जित निकालेको छ। प्रतियोगितामा यो नेपालको लगातार तेस्रो जित समेत हो।

प्रतियोगिताको समुह ‘ए’ अन्तर्गत रहेको नेपालले आफ्नो पहिलो खेलमा चिन बिरुद्ध १० विकेटको जित निकालेको थियो। यस्तै दोस्रो खेलमा नेपाली महिला टोलीले मलेसियालाई ६ विकेटले नै पराजित गरेको थियो।

लगातार तिन जित पश्चात नेपाल समुह “ए” बाट दोस्रो स्थानमा प्रवेश गर्ने निश्चित बनेको छ। युएईले समेत यसअघि दुई जित निकालेकाले समुह बिजेता र उप-बिजेताको टुंगो भने अन्तिम  खेलपछि हुने छ।

बैंगकोक् मा  युएई महिला टोलीले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा उत्कृस्ट प्रदर्शन गरेकी सिता राना मगरले ३७ रनको योगदान गरिन्।

Sita Rana Magar
Sita Rana Magar

स्कोर पछ्याउने क्रममा नेपालले उत्कृस्ट सुरुवात गर्यो।   ओपनर सिता राना मगर र काजोल श्रेष्ठले पहिलो विकेटका लागि ११.२ ओभरमा ६१ रनको साझेदारी गर्दा युएईले खेल गुमाउने अवस्थामा पुगिसकेको थियो। ३५ बलमा ४ चौका सहित ३७ रन जोड्दै सिता हुमैरा तस्निमको शिकार बनिन्।

सिताको विकेट पश्चात नेपाली टोलीका लागि पहिलो पटक ब्याटिंग गर्न उत्रिएकी डोली भट्टले व्यक्तिगत ७ रन जोड्दा इसा ओजाको बलमा धरापमा परिन्। ४ बल खेलेकी डोली एक छक्का प्रहार गर्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर समेत बनिन्।

७० रनको स्कोरमा दोस्रो विकेट गुमाएको नेपालले थप १५ रन जोड्दा काजोल श्रेष्ठलाई गुमाउन पुग्यो। ४२ बलमा २५ रन जोडेकी काजोल रन आउटको शिकार बनिन्।

Kajal Shrestha
Kajal Shrestha ( Picture © ZapStudio Hk ) File Photo

त्यसको लगत्तै व्यक्तिगत १३ रनमा इन्दु बर्मा पभेलियन फर्किंदा नेपालले ८८ रन जोड्न ४ विकेट गुमाएको थियो। जितका लागि १८ रन आवश्यक रहंदा कप्तान रुबिना क्षेत्रि र पुर्व कप्तान नेरी थापाले अविजित साझेदारी गर्दै नेपाललाई अविस्मरणीय जित दिलाए। रुबिना १० तथा नेरी ६ रनमा अविजित रहिन्।

नेपालको बलिंग :

बैंगकक् मा टस जितेर ब्याटिंग गर्न उत्रिएको युएई महिला टोलीले नेपालको बलिंग सामु निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०५ रन मात्र जोड्न सकेको थियो।

उत्कृस्ट सुरुवात गरेको युएईका लागि छायाँ मुघल र इशा ओजाले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। छैठौं ओभरको दोस्रो बलमा सिता मगरले इसालाई व्यक्तिगत २८ रनमा इन्दु बर्माको हातमा क्याच आउट गराइन्।

त्यसपश्चात तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएकी सुभा भेन्कटरमन (२) र चौथो नम्बरमा आएकी कभिसा कुमारी (५) ले टोलीलाई खास योगदान गर्न सकेनन्।

टोलीको खाता सर्वाधिक व्यक्तिगत योगदान गर्ने क्रममा छायाँ मुघलले ३१ रनको इनिंग खेलिन्। यस्तै इशा ओजाले २८ रन जोड्दा चमनी सेनेभिरथ्ने २३ रनमा अविजित रहिन्।

Sonu Khadka (File Photo)

नेपालको बलिंगतर्फ सोनु खड्का, सिता राना मगर र करुना भण्डारीले समान १-१ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा सिताले १८ रन खर्चेर १ विकेट हात पार्दा, सोनुले ३ ओभरमा १६ रन  तथा करुनाले २ ओभरमा ११ रन खर्चिन। युएईले तिन विकेट भने रन आउट स्वरूप गुमाएको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]