मुस्तफाको उत्कृस्ट लय जारि , १ खेल अगावै युएईले जित्यो सिरिज

अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप खेलिएको नेदरल्याण्ड र युएई बीचको ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज युएईले १ खेल अगावै ३-० ले जितेको छ।

नेदरल्याण्डको स्पोर्ट्सपार्कमा सम्पन्न खेलमा घरेलु टिम १४ रनले पराजित हुन पुग्यो। यस अघि पहिलो खेल १३ रनले तथा दोश्रो खेल ५ विकेटले युएईले जितेको थियो।

यसै वर्ष जनवरी/फेब्रुवरिमा नेपालसंग २-१ ले टि-२० अन्तर्राष्ट्रिय सिरिज हारे पछि युएईले खेलेको सबै ४ खेलमा जित हात पारेको छ। अमेरिकासंगको १ खेल नतिजाविहिन रहेको थियो।


टस हारेर ब्याटिंग गर्दै युएईले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।

डच ओपनर म्याक्स ओडोडले सर्वाधिक ६५ रन बनाए। उनले ५४ बलमा ४ चौका प्रहार गरे। सिकन्दर जुल्फिकरले १८ रन बनाए। सुरुवात देखि लगातार विकेट गुमाएको डच टिमको लागि म्याक्स ओडोडले विकेट सम्हालेर ब्याटिंग गर्दै जितको आशा दिलाएका थिए। उनि १९ औं ओभरमा रन आउट हुनपुगे।

युएईको बलिंगमा रोहन मुस्तफाले सर्वाधिक ३ ( ४-०-३०-३ ) तथा कदिर एहमदले २ ( ४-०-१८-२ ) तथा कप्तान मोहम्मद नभिद, एहमद राजा र जवार फरिदले १/१ विकेट लिए। राम्रो फर्ममा रहेका मुस्तफाले पहिलो खेलमा २ तथा दोश्रो खेलमा ३ विकेट लिएका थिए।

Ashfaq Ahmed ( Getty Images)

युएईको ब्याटिंग 

पहिले ब्याटिंग गर्ने क्रममा युएईको लागि ऊप्नर अश्फाक एहमदले सर्वाधिक ५६ रन ( ४१ बलमा ५ चौका र २ छक्का ) प्रहार गरे। रमिज शाहजादले २२, घुलाम शब्बिरले १७, मोहम्मद बुता र दरिउस डी सिल्भाले समान १५ रन बनाए। डच बलर सेबास्टिएन ब्राटले सर्वाधिक ३ ( ४-०-२६-३ ) तथा हिड्डे ओभरजीक र पिटर सिलरले २/२ विकेट लिए।

सिरिज अन्तर्गत चौथो तथा अन्तिम टि-२० अगस्ट-८ तारिक बिहिबार खेलिनेछ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]