एसीसी वेस्टर्नको उपाधि युएईलाई

ओमानमा सम्पन्न एसीसी टि-२० वेस्टर्न प्रतियोगिताको उपाधि युएईले जितेको छ। फाइनलमा युएईले कुवेतलाई १ सय २ रनले सहजै पराजित गर्यो।

प्रतियोगिताबाट युएई र कुवेत यस अघिनै एसिया कप टि-२० छनौट प्रतियोगिता खेल्न छनौट भैसकेका छन्। पूर्वी क्षेत्रको छनौट प्रतियोगिता २९ फेब्रुअरीबाट थाईल्याण्डबाट सुरु हुँदैछ जसमा नेपाल सहित, आयोजक थाईल्याण्ड, मलेसिया, हंगकंग र सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। पश्चिम र पूर्वी क्षेत्रबाट उत्कृस्ट २ टिमले एसिया कप छनौट खेल्नेछन् जसबाट उत्कृस्ट हुने टिम टि-२० एसिया कप खेल्न छनौट हुनेछ।

फाइनल खेलमा टस हारेर ब्याटिंग गर्दै युएईले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो। कुवेतको लागि बिलाल ताहिरले सर्वाधिक २२, मुहम्मद अमिनले १९ तथा रभिजा डी सिल्भाले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईको बलिंगमा सुल्तान एहमदले सर्वाधिक ४ तथा एहमद रजाले २ विकेट लिए।

यस अघि युएईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। युएईको लागि ओपनर चिराग सुरीले सर्वाधिक ६० रन बनाउने क्रममा ४१ बलमा ८ चौका प्रहार गरे।  यस्तै वाहिद एहमदले विस्फोटक ब्याटिंग गर्दै मात्र १५ बलमा ६ छक्का मदतले ४५ रन बनाए।

यस अघि सेमीफाइनल खेलमा युएईले कतारलाई २८ रनले तथा कुवेतले बहराइनलाई ८७ रनले पराजित गरेको थियो।

बलियो टिम मानिएको ओमान प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो। 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]