अन्ततः सुरु हुदै खेल, युएई टस जिती ब्याटिंग गर्दै l

आईसिसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो अभ्यास खेलमा नेपाल युएई बिरुद्ध टस हारी पहिले फिल्डिंग गर्दै छ l खेल नेपाली समय अनुसार ४:१५  बजे सुरु हुनेछ ।

खेल सुरु हुनु अघिनै मैदान बर्षाको कारण प्रभावित भएको थियो र आउटफिल्डमा जम्मा भएको पानी व्यस्थापन गर्न समय लागेकाले खेल पूर्ण निर्धारित समयमा सुरु हुन सकेन । करिब ३ घण्टा ढिलो गरी सुरु हुन लागेको खेललाई २९ ओभर प्रति पारी हुने गरी घटाईएको छ । प्रतियोगितामा नेपालले आफ्नो दोश्रो अभ्यास खेल मार्च १ तारिकमा हंगकंग बिरुद्ध खेल्नेछ । स्मरण रहोस् यो प्रतियोगिताका दुई शिर्ष टोली २०१९ मा हुने विश्वकपका लागि छनौट हुनेछन् ।

निकै बेरको प्रतीक्षा पछि करिब साढे तिन बजे मैदान निरीक्षण गर्दै म्याच अफिसियलहरुले मैदान खेल्न योग्य रहेको र २९ ओभरको खेल सम्भव भएको निर्णय गरेका थिए ।

Nepal vs UAE
Ground Inspection | Photo : Raman Shiwakoti

नेपालको  टोली :

  • Paras Khadka (c)
  • Lalit Bhandari
  • Shakti Gauchan
  • Sompal Kami
  • Karan KC
  • Rohit Kumar
  • Sandeep Lamichhane
  • Gyanendra Malla
  • Dilip Nath
  • Lalit Rajbanshi
  • Basant Regmi
  • Anil Sah
  • Aarif Sheikh
  • Dipendra Singh Airee
  • Sharad Vesawkar

युएईको टोली :

  • Rohan Mustafa (c)
  • Ashfaq Ahmed
  • Qadeer Ahmed
  • Shaiman Anwar
  • Mohammad Boota
  • Imran Haider
  • Amir Hayat
  • Zahoor Khan
  • Adnan Mufti
  • Mohammad Naveed
  • Ahmed Raza
  • Ghulam Shabber
  • Rameez Shahzad
  • Chirag Suri
  • Muhammad Usman

खेलको बल बाइ बल अपडेटको लागि लिंक : https://wicketnepal.com/wcn_match/nepal-vs-u-a-e-warm-up-match/





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]