- विकेटनेपाल, बैशाख ५
सन् २०२० जनवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ विश्वकपमा नेपाल छनौट हुन असफल भएको छ।
मलेसियामा आयोजित आईसीसी अन्डर-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगितामा सहभागी ६ टिम मध्ये विजेता टिम मात्रै बिश्वकप छनौट हुने थियो।
युएई प्रतियोगिताको सम्पूर्ण खेल जित्दै विश्वकप खेल्न छनौट भएको छ। यु-१९ विश्वकपमा युएई छनौट भएको यो दोश्रो पटक हो। सन् २०१४ मा पहिलो र अन्तिम पटक युएईले यु-१९ विश्वकप खेलेको थियो।
नेपालको दुर्भाग्य
प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेलमा नेपालले कुवेतलाई पराजित गर्नु पर्ने थियो भने त्यो संगै युएईले पनि अन्तिम खेलमा ओमानसंग पराजित हुनुपर्थ्यो।
कमजोर ओमानले युएईलाई पराजित गरोस् भन्ने नेपाली फ्यानहरुको चाहना पुरा हुन सकेन। युएईले ओमानलाई १० विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै ओमानले १०५ रन बनाएको थियो। १०६ रनको लक्ष्य युएईले कुनै विकेट नगुमाई १३ औं ओभरमै पुरा गर्यो। फलस्वरूप नेपाल र कुवेतको नतिजा आउनु अगावै युएईले विश्वकपमा स्थान पक्का गर्यो।
सन् २००० देखि २००८ सम्म लगातार ५ संस्करण नेपालले लगातार यु-१९ विश्वकप खेलेको थियो भने त्यसपछि सन् २०१०, सन् २०१४ र सन् २०१८ पछि २०२० को यु-१९ विश्वकपमा छनौट हुन असफल रह्यो। लगातार दोश्रो पटक विश्वकप छनौट नभएको यो नै नेपालको इतिहासमा पहिलो हो।
त्यो १ रनको हार
युएईले प्रतियोगिताको सम्पूर्ण खेल जित्यो जुन क्रममा उसले नेपाललाई डी/एल मेथडमा १ रनले पराजित गरेको थियो। सोहि हारनै नेपालको विश्वकप छनौटमा बाधा बन्न पुग्यो।
उक्त खेलमा पहिले ब्याटिंग गरेको नेपालले २४७ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएको थियो जुन बेला वर्षाले खेल रोकियो। उक्त समय युएईलाई खेल जित्न २० ओभरमा १२६ रन आवस्यक थियो।
युएईको ४.०६ रन प्रति ओभर रन बनाईरहेको अवस्थामा दबाबले तेश्रो विकेट गुमाएको थियो। नेपाल खेलमा हावी भैरहेको बेला परेको पानिले नेपालले खेल मात्र गुमाएन ४ वर्ष पछि अन्डर-१९ खेल्ने अवसर पनि गुमायो।
नेपालले प्रतियोगिताको त्यस बाहेक सम्पूर्ण खेल जित्न सक्यो तर वर्षाको कारण डी/एल मेथडमा नतिजा आउदा सबैभन्दा बलियो टिम हुँदा हुँदै पनि ठुलो अवसरमा चुक्न पुग्यो।

आईसीसीलाई प्रश्न
नेपाल छनौट नहुनुले यति महत्वपूर्ण प्रतियोगिताको आयोजना स्थल, प्रतियोगिताको फर्म्याटमा प्रश्न चिन्ह उठेको छ।
यस भन्दा अघि सन् २०१७ को यु-१९ विश्वकप छनौटमा एउटा टिमले अर्को टिमसंग २/२ खेल खेलेका थिए। त्यसो हुँदा सहभागी टिमलाई कुनै हार पछि फेरी उठ्ने मौका थियो। अर्को तर्फ मलेसिया जहाँ जति बेला पनि वर्षाले खेल रोकिन सक्छ त्यहाँ यति महत्वपूर्ण प्रतियोगिता खेलाउदा सानो घटनाले कुनै देशलाई पुग्न सक्ने खालको घाँटा आईसीसीले प्रतियोगिता आयोजना गर्दा विचार पुर्याउनु पर्छ।
यस भन्दा अघि अन्डर-१९ विश्वकप छनौट खेल्न एसियाको छनौट पछि ग्लोबल छनौट प्रतियोगिता आयोजना हुने गर्थ्यो। सन् २०१६ र सन् २०१२ को विश्वकपमा नेपाल एसिया छनौट पछि ग्लोबल छनौट हुँदै विश्वकपमा छनौट भएको थियो। क्षेत्रीय छनौटमा दोश्रो भए पनि ग्लोबल छनौटमा अर्को अवसर हुन्थ्यो। आईसीसीले बजेट जोगाउन अब ग्लोबल छनौट आयोजना बन्द गरेको छ।
आईसीसीले गत विश्वकप देखि क्षेत्रीय छनौट प्रतियोगिताबाट एउटा टिमलाई मात्रै यु-१९ विश्वकपमा छनौट गर्दा नेपाल जस्तो राम्रो टिमलाई प्रत्यक्ष घाँटा पुगेको छ। अघिल्लो विश्वकप छनौटमा नेपाल अफगानिस्तानसंग पछि पर्दै छनौट हुन असफल भएको थियो। यदी ग्लोबल छनौट प्रतियोगिता भएको भए अफगानिस्तानसंगै अन्य बिश्वभरबाट छनौट भएर आएका टिमहरुसंग प्रतिस्पर्धा गरेर नेपाल विश्वकप छनौट हुन सक्यो।
नेपाल यु-१९ टिम जसले भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, बंगलादेश, आयरल्याण्ड, जिम्बाबे, जस्तो टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ त्यस्तो टिम विश्वकपमा छनौट नहुनु आईसीसीको लागि नोक्सानको विषय हो। अर्को तर्फ लामो समय देखि विश्वकपक खेल्ने तयारी गरिरहेको नेपाली अन्डर-१९ टिमको खेलाडीहरुको लागि खल्लो अनुभव।