युगान्डामाथि वेस्ट इन्डिजको सहज जित

२०८१ जेष्ठ २७, आईतवार ०९:०६

काठमाडौं । वेस्ट इन्डिजले अमेरिका तथा घरेलु भुमीमा जारी नवौं संस्करणको टी-२० विश्वकपको अठारौं खेलमा युगान्डामाथि सहज जित निकालेको छ ।

वेस्ट इन्डिजले गुयनामा भएको खेलमा घरेलु टोलीले १ सय ३४ रनको शानदार जित हात पारेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ औं ओभरको अन्तिम बलमा अल आउट हुँदै ३९ रन मात्र जोड्न सफल रह्यो ।

युगान्डाका लागि जुम्मा मुयोङ्गीले २० बलमा अविजित १३ रन बनाउँनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका लागि अकिल होसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिए । अल्जारी जोसेप दुई तथा गुणकेश मोटी, रोमारियो शेर्फड र आन्द्रे रसलले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोहसन चार्ल्सले ४१ बलमा ४४ तथा शेरफन रादरफोर्डले १६ बलमा २२ रन बनाए । आन्द्रे रसलले १७ बलमा ६ चौकाको सहयोगमा अविजित ३० रन बनाए । कप्तान रोभमन पावेलले २३ तथा निकोलस पुरनले २२ रन बनाए ।

युगान्डाका लागि ब्रायन मसावाले दुई तथा अल्पेश रामजानी, कसमस कईवाता, दीनेश नकरानीले समान एक एक विकेट लिए ।

दुई खेल खेल्दै अपराजित रहेको वेस्ट इन्डिज समूह सी को दोस्रो स्थानमा छ । युगान्डा भने तेस्रो खेलमा दोस्रो हारका साथ तेस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy