युगान्डा र डेनमार्क डिभिजन ३ मा बढुवा

  • विकेटनेपाल, बैशाख २३ – आइतबार

मलेसियामा आज सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ प्रतियोगितामा अन्तिम अंकतालिकामा शीर्ष २ मा रहँदै युगान्डा र डेनमार्क डिभिजन ३ मा बढुवा भएका छन् । अन्तिम दिन भएका खेलहरुमा युगान्डाले जर्सीलाई ७ रनले तथा मलेसियाले बर्मुडालाई ८९ रनले पराजित गरेका थिए ।

युगान्डा जर्सीलाई पराजित गरेसँगै अंकतालिकामा ५ खेलबाट ४ जित र एकहार सहित ८ अंकका साथ प्रतियोगिताको बिजेता भयो भने मलेसियाले बर्मुडालाई पराजित गरेपनि समान ६ अंक रहेपनि नेट रनरेटको आधारमा मलेसिया भन्दा अगाडी रहँदै डेनमार्क अघिल्लो चरणमा प्रवेश गरेको हो । यस्तै तेस्रो र चौथो स्थानमा रहँदै मलेसिया र जर्सी डिभिजन ४ मा यथावत रहे भने भानुवाटा र बर्मुडा डिभिजन ५ मा झरे ।

मलेसिया र बर्मुडाबिचको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आयोजक मलेसियाले ५० ओभरमा ८ विकेट गुमाएर २९७ रन बनाएको थियो । उसका लागि कप्तान अनवर अनुरिद्धीनले ६० रन (४९ बल, ३ चौका, ४ छक्का) तथा अहमद फैज़ले ५० रन (७४ बल, २ चौका, १ छक्का) र सयेद एईजले ५२ रन (५९ बल, ७ चौका) हान्दै दोश्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । बलिंगतर्फ जानेरियो टकरले ३४ रन र चारे स्मिथले ४२ रन खर्चेर समान ३/३ विकेट हात पारे ।

जवाफमा बर्मुडाले जानेरियो टकरले ५५ रन (८१ बल, ३ चौका, ३ छक्का) र कमाउ लेभेरोकले ६१ रन (१११ बल, २ चौका, ५ छक्का) प्रहार गर्दै सातौँ विकेटको लागि ९७ रनको साझेदारी गरेपनि ९ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो । कुनै समय ६ विकेट मात्र ३७ रनमा गुमाएको बर्मुडाको पारि टकर र लेभेरोकले सम्हाले । बलिंगतर्फ मलेसियाका मोहम्मद वाफिकले ३५ रन खर्चेर ३ विकेट तथा पवन्दीप सिंह र मुहम्मद स्यहदतले समान २/२ विकेट लिए ।

यस्तै युगान्डा र जर्सीबिचको खेलमा जर्सीलाई पराजित गर्दै युगान्डाले उपाधी जित्यो । टस हारेर पहिले ब्याटिंग गरेको युगाण्डाले ३७ ओभरमा सबै विकेट गुमाएर ९० रन बनाएको थियो । कुनै समय २६/५ मा रहेको उसलाई रियाजत अलि शाहले २२ रन तथा केन्नेथ वैस्वाले ३४ रन बनाउँदै ६० रनको साझेदारी गरेका थिए । बलिंगतर्फ जर्सीका बेन स्टेभेनले २२ रन खर्चेर ४ विकेट लिएका थिए ।

जवाफमा ५० ओभरमा ९१ रनको लक्ष्य पछ्याएको जर्सीले ३५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो । उसका लागि हव्किंस केले २४, कार्ल्योंसले अविजित २२ तथा स्टेभेनले १२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा पराजित हुन पुग्यो । बलिंगमा बर्मुडाका म्यान अफ द म्याच फ्र्यांक न्सुबुदुले २० रन दिएर ४ विकेट तथा मुकासाले ७ रन दिएर ३ विकेट लिए ।

(फोटो: आइसीसी)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]