पाक क्रिकेटर उमर अकमललाई तिन वर्ष प्रतिबन्ध

पाकिस्तान क्रिकेटर उमर अकमललाई पाकिस्तान क्रिकेट बोर्डले एन्टी करप्सन कोडको उल्लंघन गरेपछि तिन वर्ष कुनै पनि फर्म्याटको क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ।

पाकिस्तान क्रिकेट बोर्ड ( पिसीबी ) ले सोमबार आफ्नो अधिकारिक ट्वीटर ह्यान्डलबाट अकमलको प्रतिबन्ध बारे जानकारी दिएको हो।

उमर अकमललाई पिसिबीको अनुसाशनत्मक प्यानलका अध्यक्ष जस्टिस ( सेवानिवृत ) फजल ए मिरान चौहानले तिन वर्षको प्रदिबंध सुम्पिएका हुन्।

अकमललाई पाकिस्तान सुपर लिग सुरु हुनु एक दिन अगाडी प्रतियोगितामा हिस्सा लिन रोक लगाइएको थियो।

पिसिबीले अकमल बिरुद्ध जांच सुरु गरेको कारणको खुलासा भने गरेको छैन तर बोर्डले भ्रस्टाचार निरोधि संहिताको धारा २.४.४ अन्तर्गत फेब्रुअरी महिनामा भएको दुइवटा मामलाको आधारमा आरोप लगाएको छ।

अकमललाई एक सट्टेबाजसंग भेटेर म्याच फिक्स गरेको आरोप लागेको पाकिस्तानी संचार माध्यमले बताएका छन्।

अकमललाई २०२० पाकिस्तान सुपर लिगको सिजनको पहिलो खेलको ठिक अघि निलम्बित गरिएको थियो।

अकमल पाकिस्तानका पुर्व विकेटकिपर ब्याट्सम्यान कामरान अकमलका भाइ हुन्। उमरले पाकिस्तानको लागि १६ टेस्ट १२१ वानडे, ८४ टि-२० खेलेका छन् जसमा क्रमशः १००३, ३१९४ र १६९० रन बनाएका छन्। उनले सन् २००९ मा पाकिस्तानको लागि टेस्ट, एकदिवसीय र टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]