फिक्सरको घेरामा ग्लोबल टि-२० लिग, उमर अकमलले गरे खुलासा

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा प्रतियोगितामा म्याच फिक्सिंगको प्रयास भएको उमर अकमलले खुलासा गरेका छन्।

फिक्सरले अकमललाई फिक्सिंग गर्नको लागि सम्पर्क गरेको पाकिस्तानी ब्याट्सम्यानले पाकिस्तान क्रिकेट बोर्डलाई दिएको पाकिस्तानी मिडियाहरुले दावी गरेको छ।

ग्लोबल टि-२० लिगको यो दोश्रो संस्करण हो जसमा युभराज सिंह, शहिद अफ्रिदी, क्रिस गेल, आन्द्रे रसेल जस्ता क्रिकेटरहरु खेलीरहेका छन्। प्रतियोगिताको हाल अन्तिम चरणको खेल चलीरहेको छ। प्रतियोगितामा सोमपाल कामि र सन्दिप लामिछाने पनि खेलीरहेका छन्।

खबरको अनुसार उमर अकमललाई २ जना व्यक्तिले सम्पर्क गरेका थिए जसमध्ये एउटाको नाम उनले मन्सुर अख्तर बताइएको छ। मन्सुर अख्तर पाकिस्तानको पुर्व क्रिकेटर हुन् जसले १९८० देखि १९९० को बीचमा १९ टेस्ट र ४१ एकदिवसीय खेलेका थिए। ६१ वर्षीय मन्सुर अख्तर हाल अमेरिकामा बस्ने गर्छन। यस बाहेक एउटा बुकीको नाम क्रिस रहेको बताईएको छ जो भारतीय हुन्।

ग्लोबल टि-२० एन्टी करप्सन युनिटले टिमहरुलाई मन्सुर र क्रिसबाट टाढा रहन निर्देशन दिईको छ। यदी कसैले फिक्सिंग प्रयास गरे सम्बन्धित निकायलाई खबर गर्न समेत बताएको छ।

प्रतियोगितामा उमर अकमल नेपाली खेलाडी सोमपाल कामि रहेको टिम विन्नीपेग हक्सको लागि खेलीरहेका छन्। टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता ठुला खेलाडी रहेका छन्। मन्सुर अख्तर पनि यही टिमसंग अफिसियलको रुपमा जोडिएका छन्। फिक्सिंगको कोशिस बारे खुलासा भए पछि मन्सुर अख्तर गायब भएको पीटिआईले बताएको छ।

मन्सुर अख्तर

मन्सुर अख्तरलाई सन् २०११ मा पनि भ्रस्टाचारको आरोपमा युनाइटेड ब्यांक लिमिटेडले कारवाही गरेको थियो। ब्यांकमा उनले रकम हिनामिना गरेको आरोप लगाईएको थियो। 

खबर यो पनि आएको छ कि मन्सुर अख्तरले उमर अकमलसंग भेटको कुरा मानिसकेका छन् तर फिक्सिंगको आरोप भने खारेज गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त लिगहरुले अनिवार्य रुपमा एन्टी करप्सन युनिट राख्नु पर्छ। नेपालमा आयोजना भएका टि-२० लिगहरुमा समेत एन्टी करप्सन युनिट रहने गरेको छ। यस्ता लिग खेल्नको लागि सम्बन्धि देशको क्रिकेट बोर्डले नो ओब्जेक्सन लेटर समेत दिनु पर्छ।

 

 

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy