Nepal T20 : उमेश पटवाल जनकपुर रोयल्सको प्रशिक्षक नियुक्त

Umesh Patwal

आगामी पुष ८ गते ( डिसेम्बर २३ ) देखि सुरु हुने पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगको टिम जनकपुर रोयल्सले मुख्य प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ।

राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामि जनकपुर रोयल्सका मार्की खेलाडी रहेका छन्। टिममा राष्ट्रिय क्रिकेटरहरु सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, दिलिप नाथ, जितेन्द्र मुखिया र राजेश पुलामी आवद्ध छन्। टिमले हालसम्म विदेशी खेलाडीहरुको नाम भने घोषणा गरेको छैन।

“नेपाल टि-२० लिगको पहिलो संस्करणमा रोयल्सको प्रमुख प्रशिक्षकको रुपमा नेपाल पुनः फर्कन पाउँदा उत्साहित छु। लिगमा म केहि पुराना र नयाँ अनुहारहरुसंग काम गर्न उत्साहित छु।” प्रशिक्षक पटवालले रोयल्सद्वारा जारि विज्ञप्तिमा बताएका छन्।


“उमेश पटवाललाई प्रशिक्षकको रुपमा नियुक्त गर्दा उत्साहित छु। उनि नेपाली क्रिकेटसंग परिचित छन् जुन अनुभव रोयल्सलाई उपाधि जिताउन महत्वपूर्ण योगदान हुनेछ।”  रोयल्सका मालिक गोविन्द खान्डेलवालले बताए।

नेपाल टि-२० लिगमा जनकपुरले आफ्नो पहिलो खेल पोखरा एभेन्जर्स पुष ९ गते ( डिसेम्बर २४ ) खेल्नेछ।

जनकपुर रोयल्स टिम : सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया र राजेश पुलामी, दिलिप नाथ, खडक बोहरा





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]