Nepal T20 : उमेश पटवाल जनकपुर रोयल्सको प्रशिक्षक नियुक्त

आगामी पुष ८ गते ( डिसेम्बर २३ ) देखि सुरु हुने पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिगको टिम जनकपुर रोयल्सले मुख्य प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ।

राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामि जनकपुर रोयल्सका मार्की खेलाडी रहेका छन्। टिममा राष्ट्रिय क्रिकेटरहरु सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, दिलिप नाथ, जितेन्द्र मुखिया र राजेश पुलामी आवद्ध छन्। टिमले हालसम्म विदेशी खेलाडीहरुको नाम भने घोषणा गरेको छैन।

“नेपाल टि-२० लिगको पहिलो संस्करणमा रोयल्सको प्रमुख प्रशिक्षकको रुपमा नेपाल पुनः फर्कन पाउँदा उत्साहित छु। लिगमा म केहि पुराना र नयाँ अनुहारहरुसंग काम गर्न उत्साहित छु।” प्रशिक्षक पटवालले रोयल्सद्वारा जारि विज्ञप्तिमा बताएका छन्।


“उमेश पटवाललाई प्रशिक्षकको रुपमा नियुक्त गर्दा उत्साहित छु। उनि नेपाली क्रिकेटसंग परिचित छन् जुन अनुभव रोयल्सलाई उपाधि जिताउन महत्वपूर्ण योगदान हुनेछ।”  रोयल्सका मालिक गोविन्द खान्डेलवालले बताए।

नेपाल टि-२० लिगमा जनकपुरले आफ्नो पहिलो खेल पोखरा एभेन्जर्स पुष ९ गते ( डिसेम्बर २४ ) खेल्नेछ।

जनकपुर रोयल्स टिम : सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया र राजेश पुलामी, दिलिप नाथ, खडक बोहरा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy