मातृ शोक पर्दा प्रशिक्षक पटवाल भारत प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृ शोक परेको छ। पटवालको आमाको बुधबार निधन भएको हो।

आमाको आकस्मिक निधन पछि पटवाल बुधबारनै भारत मुम्तबई प्रस्थान गरेका छन्। उनि काजक्रिया लगायत काम सकेपछि नेपाल फर्किनेछन्।

पटवाललाई मातृ शोक परेपछि नेपाली राष्ट्रिय टिमले बिज्ञप्ति मार्फत शोक व्यक्त गरको छ।

नेपाली राष्ट्रिय टिम हाल दक्षिण एसियाली खेलकुद तथा सेप्टेम्बर अन्तिममा सिंगापुरमा हुने त्रिकोणात्मक सिरिज तथा त्यस लगत्तै ओमानमा आयोजना हुने ५ देश सम्मिलित टि-२० सिरिजको तयारीमा व्यस्त रहेको छ। झन्डै २ साता देखि नेपाली टिम टियु मैदानमा तयारी गरिरहेको छ।

पटवाल भारत प्रस्थान गरेपछि उनको अनुपस्थितिमा नेपाली टिमले अभ्यास भने जारि राख्नेछ। मनोज कटवाल, प्रदिप राज पाण्डे जस्ता प्रशिक्षकहरुले अभ्यास गराउनेछन्।

Head Coach Umesh Patwal

गत जेठमा पटवाललाई मुख्य प्रशिक्षकमा १ वर्षको लागि नियुक्त गरेको थियो। प्रशिक्षण बापत उनले मासिक ६ हजार डलर पारिश्रमिक पाउदै आएका छन् जुन आईसीसीले दिंदै आएको छ।

४६ वर्षीय पटवालले सन् २०१० को बिश्वकप छनौटमा पहिलो पटक अफगानिस्तान टिमलाई सघाएका थिए।सन् २०१४ को बंगलादेशमा सम्पन्न एसिया कप तथा २०१४ टि-२० बिश्वकपको दौरान अफगानिस्तान क्रिकेट टिमको ब्याटिंग प्रशिक्षक रहेका पटवाल भारत मुम्बईका हुन्। उनि २०१५ बिश्व कपमा पनि अफगानिस्तान टिमको ब्याटिंग प्रशिक्षक रहेका थिए। मुख्य प्रशिक्षक हुनु अघि उनले नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा समेत काम गरेका थिए।

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]