EPL : अम्पायरको निर्णयको बिरोध गर्दा विलियम्सलाई कारवाही

२०७८ आश्विन १०, आईतवार २३:२०

काठमाडौँमा जारी चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को आइतबार सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेलमा खेल भावना विपरित क्रियाकलाप गरेपछि पोखरा राइनोजको लागि खेलीरहेका वेस्टइन्डिजका खेलाडी केसरिक् विलियम्सलाई कारवाहि गरिएको छ।

ईपीएलको मिडिया टिमले खेल पछि जारि गरेको बिज्ञप्तिमा विलियम्ले खेलमा अम्पायरको निर्णय प्रति खेल भावना विपरित असन्तुष्टि प्रकट गर्दै बिरोध गरेको बताईएको छ। उनलाई कारवाही स्वरूप एउटा डी-मेरिट अंक दिईएको छ। उनलाई जरिवाना भने गरिएको छैन। डी मेरिट अंक चारवटा पुगेमा खेलाडीलाई केहि खेलको प्रतिबन्ध लाग्ने गर्छ। खेल पछि विलियम्सले आफ्नो गल्ति स्वीकार गर्दै कारवाही समेत स्वीकार गरिसकेका छन्।

के भएको थियो ? पोखराले ५७ रनमा ६ विकेट गुमाएको अवस्थामा इनिंग्सको नवौं ओभरमा ब्याटिंग गर्न आएका केसरिक् विलियम्सलाई चाइनाम्यान बलर तुल बहादुर थापाले एलबिडब्लु धरापमा पारेका थिए। जोडदार अपिल पछि उनलाई अम्पायर विनय कुमार झाले आउट दिएका थिए। पहिलो बलमै खाता नखोली उनि आउट भए।

आउट दिएपछि विलियम्सले अम्पायरको निर्णयको तुरुन्त विरोध गर्दै केहि बेर मैदानमै बसे भने हातको भाउले निर्णय प्रति असन्तुष्टि प्रकट गरेका थिए। मैदानबाट बाहिरिने क्रममा पनि उनले फर्केर पुनः हातको इशाराले आफूलाई गलत निर्णयमा आउट दिएको भानमा हातको इशारा गरेका थिए।

हेर्नुस उक्त घटनाको प्रत्यक्ष प्रशारणबाट लिईएको स्क्रिन सट ( श्रोत – ओएसआरस्पोर्ट्स ) 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy