EPL : अम्पायरको निर्णयको बिरोध गर्दा विलियम्सलाई कारवाही

काठमाडौँमा जारी चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को आइतबार सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेलमा खेल भावना विपरित क्रियाकलाप गरेपछि पोखरा राइनोजको लागि खेलीरहेका वेस्टइन्डिजका खेलाडी केसरिक् विलियम्सलाई कारवाहि गरिएको छ।

ईपीएलको मिडिया टिमले खेल पछि जारि गरेको बिज्ञप्तिमा विलियम्ले खेलमा अम्पायरको निर्णय प्रति खेल भावना विपरित असन्तुष्टि प्रकट गर्दै बिरोध गरेको बताईएको छ। उनलाई कारवाही स्वरूप एउटा डी-मेरिट अंक दिईएको छ। उनलाई जरिवाना भने गरिएको छैन। डी मेरिट अंक चारवटा पुगेमा खेलाडीलाई केहि खेलको प्रतिबन्ध लाग्ने गर्छ। खेल पछि विलियम्सले आफ्नो गल्ति स्वीकार गर्दै कारवाही समेत स्वीकार गरिसकेका छन्।

के भएको थियो ? पोखराले ५७ रनमा ६ विकेट गुमाएको अवस्थामा इनिंग्सको नवौं ओभरमा ब्याटिंग गर्न आएका केसरिक् विलियम्सलाई चाइनाम्यान बलर तुल बहादुर थापाले एलबिडब्लु धरापमा पारेका थिए। जोडदार अपिल पछि उनलाई अम्पायर विनय कुमार झाले आउट दिएका थिए। पहिलो बलमै खाता नखोली उनि आउट भए।

आउट दिएपछि विलियम्सले अम्पायरको निर्णयको तुरुन्त विरोध गर्दै केहि बेर मैदानमै बसे भने हातको भाउले निर्णय प्रति असन्तुष्टि प्रकट गरेका थिए। मैदानबाट बाहिरिने क्रममा पनि उनले फर्केर पुनः हातको इशाराले आफूलाई गलत निर्णयमा आउट दिएको भानमा हातको इशारा गरेका थिए।

हेर्नुस उक्त घटनाको प्रत्यक्ष प्रशारणबाट लिईएको स्क्रिन सट ( श्रोत – ओएसआरस्पोर्ट्स ) 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]