“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य

२०७७ आश्विन ५, सोमबार १३:०४

१३ औं आईपीएलको दोश्रो खेल अत्यन्त रोचक थियो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्ली क्यापिटल्स र किंग्स-११ पन्जाबले एक अर्कालाई पराजित गर्न हरसम्भव प्रयास गरे। सानो गल्तिले पनि खेलमा निकै प्रभाव पारेको थियो। दुवै टिमले २०/२० ओभरको खेलमा ‘को भन्दा को कम’ जसरि प्रदर्शन गरे। दुवै टिमले १५७/८ को योगफल बनाएपछि खेल सुपरमा पुग्यो। कागीसो रबाडाले शानदार बलिंग गर्दै आफ्नो टिमलाई अन्ततः जित दिलाए।

यद्धपि, खेलको क्रममा दिल्लीले गरेको अन्तिम ओभरमा एउटा घटना भने विवादित बन्न पुगेको छ। आईसीसीको सर्वोच्च श्रेणीमा भर्खरै पुगेका भारतीय अम्पायर नितिन मेननले गरेको ठूलो गल्ति पन्जाबको सिजनको पहिलो खेलमा पराजित हुनुको कारण बन्यो।

अम्पायर नितिन मेनन

खेल सुपर ओभरमा जानु अघि टिभी दृश्यमा स्क्वायर लेगमा बसेका अम्पायर मेननले ‘१ रन सर्टको’ निर्णय दिएको देखिएको थियो। क्रिस जोर्डनले रबाडाको १९ औं ओभरमा लंगअन दिशामा खेल्दै २ रन लिएका थिए। उनले लिएको २ रनमा १ रन काटीयो।

तर टिभी रिप्लेमा जोर्डनले पहिलो रन लिंदा ब्याट स्पस्ट रुपमा लाइन भित्र राखेको देखिएको थियो। तर पन्जाबको दुर्भाग्य उक्त रनलाई अम्पायरले सर्ट रन घोषित गरिदिए। ‘सर्ट रन अर्थात् रन लिंदा ब्याट क्रिज भित्र प्रवेश नगराउदा दिईने निर्णय।

यदी उक्त रन दिईएको भए पन्जाबले २० ओभरमा लक्ष्य पछ्याएर खेल जित्ने थियो।

पूर्व भारतीय कप्तान बिरेन्द्र सेहवाग र उनका साथि खेलाडी आकाश चोपडाले अम्पायर मेननको निर्णयको चर्को आलोचना गरेका छन्।

“म आजको म्यान अफ द म्याचको रोजाइमा सहमत छैन। त्यो अम्पायर जसले सर्ट रन दिएका थिए उनलाई म्यान अफ द म्याच घोषित गरिनुपर्थ्यो। ‘सर्ट रन’ थिएन। र त्यसले फरक पार्यो।” सेहवागले ट्वीट गरेका छन्।

सेहवाग जस्तै खेलमा कमेन्टेटर रहेका पूर्व भारतीय क्रिकेटर चोपडा तथा दिल्लीका पूर्व प्रशिक्षक ट्रेन्ट वुडहिलले पनि अम्पायरको आलोचना गर्दै प्रविधिको प्रयोग नभएकोमा विरोध गरे।

“१ रन सर्ट थिएन। यस्तो कुरामा प्रविधि अघि आउनु पर्छ। तर त्यो सम्भव हुन थर्ड अम्पायरले तत्कालमा उक्त कुरा देख्नु पर्थ्यो। के हुन्थ्यो यदी पन्जाबले २ अंक नपाएर अन्तिम-४ मा स्थान नबनाएको भए ?” चोपडाले लेखेका छन्।

पन्जाब टिमका मालिक तथा भारतीय चलचित्रकी अभिनेत्री प्रिती जिन्टाले पनि उक्त निर्णयले आफुलाई निराश बनाएको ट्वीट गरेकी छिन् –

“म प्रतियोगिताको लागि महामारीको बेला यात्रा गर्दै ६ दिन क्वारेन्टाइनमा बसे र सहर्ष ५ वटा कोभिड टेस्ट गरे तर १ सर्ट रनले मलाई कडा धक्का दिएको छ। प्रयोग हुँदैन भने प्रविधिको के काम ? समय भएको छ कि भारतीय क्रिकेट बोर्डले नयाँ नियम ल्याउने। प्रत्येक वर्ष यो दोहोरिनु हुन्।” सेहवागले गरेको ट्वीटमा जिन्टाले रिप्लाई गरेकी छिन्।


यो पनि पढ्नुस :-

“ठूलो गल्ति ?” सुपर ओभरमा मायाँकलाई नपठाएपछि पन्जाब टिमको आलोचना

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो

IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy