विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

२०७७ आश्विन १५, बिहीबार ०७:०५

राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स बीचको खेलको दोश्रो इनिंगको अन्त्यमा एउटा विवाद सिर्जना भयो जब कमलेश नगरकोटीले राजस्थान ब्याट्सम्यान जयदेव उनदकतको बाउन्ड्रीमा क्याच लिए।

घटना दोश्रो इनिंगको १८ औं ओभरमा घटेको थियो। दशौँ नम्बरमा ब्याटिंग गर्न आएका जयदेव उनदकतलाई क्याच आउट दिईयो। उनदकत लेग स्पिनर कुलदिप यादबको बलमा मिड विकेटमा कमलेश नगरकोटीबाट समातिन पुगेका थिए।

आउट दिएपछि उनदकतले अम्पायरलाई निर्णय पुनर्विचार गर्न भने। उनले अम्पायरलाई स्पाइडर क्यामरातर्फ इशारा गर्दै बलले क्याच गर्नु अघि छोएर गएको बताए। नियम अनुसार बलले स्पाइडर क्यामरा या त्यसको तारलाई छोएको खण्डमा त्यसलाई ‘डेड बल’ अर्थात् उक्त बललाईनै अमान्य घोषित गरिन्छ।

उनदकतको आग्रह पछि थर्ड अम्पायरले निर्णायक प्रमाण नभेटिएको भन्दै उनलाई आउट घोषित गरियो। तर रिप्लेमा हेर्दा बलले बाउन्ड्री पार गर्ने जस्तो गतिले गएको देखिएको थियो। क्याच हुने बित्तिकै उनदकतले अम्पायरलाई क्यामरातर्फ इशारा गरेका थिए।

खेलमा कमेन्ट्रि गरिरहेका साइमन डलले पनि स्पाइडर क्यामरामा बलले लागेको बताएका थिए – “मलाई लाग्छ बलले स्पाइडरक्याममा छोएको छ।”

तर, टिभी अम्पायरले रिप्ले हेरेपछि पनि निर्णायक प्रमाण भेटेनन्।

कमेन्टेटर सुनिल गावस्कर र ड्यानि मोरीसनले पनि डलको कुरामा सहमति जनाउदै सेतो बलले क्यामरामा जोडिएको पातलो डोरीमा छोएको बताएका थिए।

“उक्त लाइनले एकैछिनमा आकार परिवर्तन गर्यो” मोरीसनले बताए। “मलाई लाग्छ उनि ( उनदकत ) यहाँ दुर्भाग्यशालि हुनेछन्। निर्णायक प्रमाण छैन डली ( साइमन डल ) ?” मोरिसनले प्रश्न गरे।

“भन्न एकदमै गाह्रो छ।” डलले बताए “बलले प्रमुख कुरामा लागेको छैन, क्यामरामा, त्यसमा जोडीएको अप्टिक फाइबरमा लागेको देखिन्छ जसले बल आकाशमै राख्यो।”

“त्यस्तो केहि छैन” गावस्करले बताए “यो निर्णायक प्रमाण हैन।”

केहि पटक रिप्ले गरेपछि टेलिभिजन अम्पायरले फिल्डिंग टिम कोलकाताको पक्षमा निर्णय दियो जसपछि उनदकत १३ बलमा ९ रन बनाएर आउट भए। तर धेरैलाई उक्त निर्णयले सन्तुष्ट बनाउन सकेन।

उक्त निर्णयले खेलको नतिजामा भने असर गरेन। राजस्थानलाई अन्तिम २ ओभरमा ६९ रन आवस्यक थियो जब उनदकत आउट भएका थिए। टम करनले अन्तिम ओभरमा पहिलो आईपीएल शतक पुरा गर्ने क्रममा ३६ बलमा ५४ रन बनाउदै हारको अन्तर ३७ मा घटाएका थिए।

तर सोसल मिडियामा भने उनदकतलाई दिईएको निर्णय पछि अम्पायरको बिरोध भएका छन् –

IPL : आउट दिएको निर्णय अम्पायरले फिर्ता लिएपछि

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( कोलकाता-राजस्थान खेल पछि )

राजस्थानको अपराजित यात्रा रोक्दै, दोश्रो जित पछि कोलकाताको अंकतालिकामा फड्को

क्रिकेट संघ अध्यक्ष चन्दलाई कोरोना संक्रमण

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy