“उनीहरु जितको हकदार थिए” कोहली

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डसंग ८ विकेटले पराजित भएपछि भारतीय कप्तान बिराट कोहलीले आफ्नो टिम कम्बीनेसनको रक्षा गरेका छन्।

भारतले अन्तिम-११ मा दुई स्पिनर रभीचन्द्रन आश्विन र रभीन्द्र जडेजा तथा तिन पेसर जस्प्रित बुम्राह, इशान्त शर्मा र मोहम्मद शामीलाई खेलाएको थियो। कोहलीले बलरकोको रोजाइमा कुनै गल्ति नभएको बरु आफ्नो ब्याट्सम्यानहरुले बढी रन बनाउन नसकेको बताएका हुन्।

“तपाईसंग एउटा फास्ट बलिंग अलराउण्डर हुनुपर्छ” चौथो फास्ट बलर खेलाउने बारे कोहलीले बताए।

“हामि यही कम्बीनेसनले फरक परिस्थितिहरुमा सफल हुँदै आएका थियौं। हामीले यही हाम्रो उत्कृस्ट कम्बीनेसन हो भन्ने सोचेका थियौं र हामिसंग गहिराइ पनि थियो। र अर्को कुरा स्पिनरहरुले खेल देखाउन अधिक समय पनि पाएनन्।”

“हामीले टेस्टको पहिलो दिन ३ विकेट गुमायौं तर पाँचौ दिन हामीले कुनै वाधा बिना खेल हुँदा बढी रन बनाउनु पर्थ्यो। किवी बलरहरुले आफ्नो योजनाको राम्रोसंग कर्वान्यवन गरे जसले गर्दा हामि पछि पर्यौं। हामीले ३०/४० रन कम बनायौं।”

कोहलीले आईसीसीको टेस्ट च्याम्पियनसिप फर्म्याटको तारिफ गर्दै टेस्ट क्रिकेटनै उत्कृस्ट फर्म्याट भएको बताए।

“यो खेलको लागि निकै ठूलो कुरा हो र यो फर्म्याटलाई महत्व दिनुपर्छ। टेस्ट फर्म्याट अन्तर्राष्ट्रिय फर्म्याटको धड्कन हो।”

कोहलीले न्युजिल्यान्ड टिमको तारिफ गरे – “उनीहरुले गजबको निरन्तरता देखाए र थोरै दिनमा नतिजा ल्याउन आफ्नो सबैथोक सुम्पिए। उनीहरुले दबाबमा पनि आफ्नो नियन्त्रण गुमाएनन्। उनीहरु जितको हकदार थिए। पहिलो दिनको खेल रद्द भएको थियो र जब खेल सुरु भयो लय कायम राख्न गार्हो थियो।”

टेस्टमा कोहलीको दुवै इनिंग्समा विकेट लिएका किवी पेसर कायल जेमीसन प्लेयर अफ द म्याचको हकदार भएको कोहलीले बताए। जेमीसन आईपीएलमा कोहलीको टिमको सदस्य हुन्।

“जेमीसन स्तरीय क्रिकेटर हुन्। उनले निकै राम्रो ठाउँमा बलिंग गरे र उनि हिम्मतिलो ब्याट्सम्यान समेत हुन्। उनको लागि खेल उत्कृस्ट रह्यो र प्लेयर अफ द म्याचको हकदार छन्।”

“पहिलो पटक इतिहासमा विश्वकप जितेका छौँ त्यसैले निकै खुसि महसुस भैरहेको छ।” – विलियमसन

पहिलो पटक आईसीसीको विश्वकप जित दर्ता गरेपछि न्युजिल्यान्ड कप्तान विलियमसनले खुसि व्यक्त गरे – “म बिराट र भारतीय टिमलाई धन्यवाद दिन चाहन्छु, उनीहरु अविश्वसनीय टिम हो। हामिलाई थाहा थियो कि यो चुनौतीपूर्ण हुनेवाला थियो। हामीले लाइन पार गर्नको लागि जे गर्यौं त्यो गजब थियो। पहिलो पटक इतिहासमा विश्वकप जितेका छौँ त्यसैले निकै खुसि महसुस भैरहेको छ।”

“पछिल्लो दुई वर्ष हामीसंग रहेका २२ खेलाडीहरु सबैले आफ्नो तर्फबाट अहम भूमिका निभाएका छन्। सपोर्ट स्टाफ र यो खेल खेल्नेहरुको लागि यो विशेष उपलब्धि हो।”

“हामीलाई थाहा थियो भारत सबै परिस्थितिमा बलियो टोलि हो। ६ दिनको खेलमा कसैको पनि हात माथि थिएन र म खुसि छु कि हामि सहि दिशामा पुग्यौं।”

विलियमसनले पहिलो इनिंग्समा अफो तल्लो क्रमको योगदानको तारिफ गरे – “पहिलो इनिंग्समा गार्हो भएको तर तल्लो क्रमले धेरै स्वतन्त्र भएर ब्याटिंग गर्यो जसले गर्दा हामीले अग्रता पायौं।”

उनले साथी खेलाडी रोस टेलरले तारिफ गरे – “रोस निकै अनुभवी छन् र सम्य छन्। यस्तो परिस्थितिमा उनिसंग ब्याटिंग गर्न पाउनु विशेष थियो। “

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy