नेक्सस कपको उपाधी युनाइटेड क्रिकेट एकेडेमी बिरगंजको पोल्टामा

  • विकेटनेपाल, मङ्सिर १४ – शुक्रबार

मिलानो नेक्सस कप यु-१६ टि-२० क्रिकेट प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरलाई २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले उपाधी हात पारेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १३७ रन बनाएको थियो। युनाइटेड एकेडेमी बिरगंजका म्यान अफ द म्याच समेत घोषित मोहमद समिरले ३९ बल खेल्दै २ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाएका थिए भने इम्रान शेखले २० र सर्फराज मन्सुरीले १८ रन बनाएका थिए।

बलिङतर्फ महेन्द्रनगरका सुबोध ऐरले ३ ओभर बलिङ गर्दै ८ रन खर्चैर ३ विकेट लिँदा राहुल भण्डारीको नाममा २ रह्यो।

१३८ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको डिफेन्डीङ्ग च्याम्पियन टिम महेन्द्रनगरले १९.२ ओभर खेल्दै मात्र १११ रनमा समेटिदा उपविजेतामा चित्त बुझाउनु पर्यो। महेन्द्रनगरका ब्याट्सम्यान प्रबिन भट्टले ३१, प्रेम धामीले १८ र आकाश चन्दले २३ रन बनाएका थिए।

निखिल सिहले ४ विकेट लिन ३.२ ओभरमा ३२ रन खर्चिंदा ब्यास यादवले २ विकेट लिए।

म्यान अफ दि सिरिज महेन्द्रनगरका सुबोध ऐर भए भने बेष्ट ब्याट्सम्यान चितबनका प्रशान्त महत र बेष्ट बलर महेन्द्रनगरकै पारश क्षत्री घोषित भए। इमर्जिङ प्लेयर नेक्सस ‘बी’ का १० बर्षे सोहेल कुवँर बनेका छन्।

समापन समारोहका प्रमुख अतिथि निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले बिजेता टिमलाइ रु १ लाख ११ हजार १ सय ११ को सामाग्री सहित नगद र उप बिजेता लाई ६१ हजार १ सय ११ को सामाग्री सहित नगद प्रदान गर्नु भएको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy