सन्दिप जोहराको आक्रामक इनिंगमा कस्मसको जित

  • विकेटनेपाल, फाल्गुन २७ – आइतबार

फाल्गुन २५ गतेदेखि आयोजना भएको दोश्रो युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता अन्तर्गत तेस्रो दिन आज दुई खेल भएका छन् । किर्तिपुर मैदानमा सम्पन्न खेलहरुमा शंकरदेब क्याम्पसले युनीग्लोब स्कुललाई ६५ रनले तथा कस्मस कलेजले नेपाल कमर्स क्याम्पसलाई ५ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेल: शंकरदेव Vs युनिग्लोब स्कुल (स्कोरकार्ड)

टस हारेर पहिले ब्याटिंग गरेको शंकरदेबले म्यान अफ द म्याच समेत चुनिएका सुबेन्दु पाण्डेको ४१ रनको मद्दतमा १९.४ ओभरमा सबै विकेट गुमाउंदै १३७ रन बनायो। यु-१९ रास्ट्रिय क्रिकेट टिमको अनुभव भएका पाण्डेले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै प्रेम तामांगले २६ रन, आयुष्मान बमले २५ रन बनाए। युनिग्लोबका रौनक ढुंगाना र निर्मल एक्सले समान १९ रन खर्चिदै ३/३ विकेट हात पारे।

शुबेन्दु पाण्डे

 

जवाफमा शंकरदेवले कसिलो बलिंग गरेपछि युनिग्लोबले पुरै २० ओभरमा ८ विकेट गुमाएर मात्र ७२ रन बनाउन सक्यो। युनिग्लोबका रवेश पाण्डे र रौनक ढुंगानाले समान १७/१७ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन्। शंकर देव बलर रामनरेश गिरिले २ विकेट लिए।

दोश्रो खेल: कस्मस कलेज Vs नेपाल कमर्स क्याम्पस (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको कस्मसले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएको थियो। उसका लागि कुशल भुर्तेलले ३९ रन, म्यान अफ द म्याच सन्दिप जोहराले आक्रामक ३८ रन, हिमांशु दत्तले ३३ रन, कमल सिंह ऐरीले २७ रन योगदान दिए। भुर्तेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दा जोहराले मात्र १६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। कमर्स क्याम्पसका बसन्त खत्री, इन्द्रकमल मानन्धर र प्रकाश बिस्टले समान २/२ विकेट लिएका थिए ।

कुशल भुर्तेल र सन्दिप जोरा ( फाइल फोटो )

जवाफमा खेल वर्षाले पुरा सम्भब नभएपछि ६.१ ओभरमा ६० रन बनाउनुपर्नेमा कमर्स क्याम्पसले २ विकेट गुमाएर ५४ रन बनाउन सकेपछि  पराजय व्यहोरेको हो । उसका सुरे बोहराले २३ रन, प्रकाश बिस्टले अविजित १४ रन बनाए । कस्मसका दिपेश श्रेष्ठ र कमल ऐरीले १/१ विकेट लिए।

सोमबार हुने खेलहरु 

गोल्डेनगेट कलेज Vs सेन्ट जेभियर कलेज
टियु ‘ए’ Vs ट्रिटन कलेज





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]