युनिभर्सिटी कपको मुख्य प्रायोजक गोल्डेनगेट, भोलि देखि सुरु

  • विकेटनेपाल, २४ फाल्गुन 

युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको दोश्रो संस्करणको बिहिबार घोषणा भएको छ। युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता फाल्गुन २५ देखि सुरु भइ चैत्र ३ गतेसम्म चल्नेछ।

कुल १६ वटा टिम सहभागी हुने प्रतियोगिता नकआउटको आधारमा संचालन हुनेछ। गोल्डेनगेट कलेजले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्। मुख्य प्रायोजक गोल्डेन गेटले प्रायोजन बापत ५ लाख रुपैयाँ दिनेछ।

यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैया तथा प्रत्येक खेलको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ बराबरको एक्सटेपको जुत्ता र नेपाल टेलिकमद्वारा १ हजार रुपैया प्राप्त गर्ने आयोजकले बताएको छ।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि नेपाल कमर्स क्याम्पसले शंकरदेब क्याम्पसलाई ६ विकेटले पराजित गर्दै जितेको थियो।

सहभागी टिमहरु – 

गोल्डेनगेट कलेज, त्रिभुवन युनिभर्सिटी ‘ए’ ,  त्रिभुवन युनिभर्सिटी ‘बि’ , सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डि.भी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारेबियन कलेज, ओमेगा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]