क्यारिबियन र जनता कलेजको बिजयी सुरुवात

  • विकेटनेपाल, फाल्गुन २६ – शनिबार

फाल्गुन २५ गतेदेखि आयोजना भएको दोश्रो युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता अन्तर्गत आज दुई खेल भएका छन्। किर्तिपुर मैदानमा सम्पन्न खेलहरुमा क्यारिबियन कलेजले के एण्ड के ईन्टरनेसनललाई ९ विकेटले तथा जनता कलेजले ओमेगा कलेजलाई १० रनले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्यो।

पहिलो खेल: पंकज दासको आक्रामक इनिंगमा क्यारिबियनको जित (स्कोरकार्ड)

टस हारेर पहिले ब्याटिंग गरेको के एण्ड के ईन्टरनेसनलले २० ओभरमा ८ विकेट   गुमाएर १०४ रन बनाएको थियो । उसका लागि कुन्दन यादबले २८ रन, गौरी शंकर दासले अविजित १८ तथा राम भट्टराईले १५ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । क्यारिबियनका आसिफ पौडेल र गणेश भट्टले समान २/२ विकेट हात पारे ।

Man of the match Pankaj Das.

जवाफमा म्यान अफ द म्याच पंकज दासले अविजित ४५ रन (२७ बल, ७ चौका, १ छक्का) प्रहार गर्दै पहिलो विकेटको लागि जय प्रकाश गुप्तासँग १०० रनको साझेदारी गरेपछि क्यारिबियनले १०५ रनको लक्ष्य मात्र १ विकेट गुमाएर ९.४ ओभरमा पुरा गरेको थियो । जयप्रकाश गुप्ताले पनि ४६ रन बनाएका थिए ।

दोश्रो खेल: दिपेश दासको अर्धशतकमा जनता कलेजको जित (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको जनताले म्यान अफ द म्याच दिपेश दासको ६१ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको थियो । यस्तै प्रकाश न्योपानेले अविजित २६ रन तथा निराजन केसीले २४ रन बनाए । ओमेगाका हरि कृष्ण झाले २ विकेट लिए ।

Man of the match Dipesh Das.

जवाफमा जनताका अनुप कोईराला र सम्बर्धन दवाडीले समान २/२ विकेट लिएपछि ओमेगाले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । ओमेगाका सुबिन बोगटीले अविजित २७ रन, अंकित प्रताप सिंहले २१ रन, अभियान बस्नेतले १३ रन बनाएका थिए ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]