तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा एक्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवा आयोजित तिलोत्तमा क्रिकेट लिग २०८२ को उपाधि द रिभाइभलियन्सले उचालेको छ ।
सिद्धार्थ क्रीकेट रंगशाला भैरहवामा आज भएको फाइनल खेलमा विश्व लायन टर्टल्सलाई ४ विकेट्ले हराउदै प्रतियोगिता को बिजेता बनेको हो । टस जितेर पहिला ब्याटिङ गरेको विश्व लायन्स टर्ट्ल्सले १२.१ ओभरमा सबै विकेट गुमाउदै ४५ रनको सामान्य योगफल खडा गरेको थियो । विश्व लायन टर्ट्ल्स को लागि शुभम खनाल ले १७ तथा बिनय कार्किले १० रनको योगदान दिए ।
विश्व लायन लाई सामान्य स्कोरमा रोक्न क्रममा द रिभाइभलियन्सका लागि लेख बहादुर ले २.१ ओभरमा ९ रन खर्चंदै ५ विकेट, प्रीन्स पालले ४ ओभरमा १ मेडेन राख्दै ४ रन खर्चंदै ३विकेट तथा फैजन खान २ ओभरमा १२ रन खर्चंदै २ विकेट हात पारे ।
४६ रनको सामान्य योगफल पछ्याउँदै जवाफी ब्याटिङ गरेको द रिभाइभलियन्सले ६ विकेट गुमाउदै बिजय हासिल गर्यो । द रिभाइभलियन्सको लागि सचिन जिसि ले १९ तथा समिर ठकुरीले ११ रनको योगदान दिए ।
विश्व लायन टर्ट्ल्सको लागि सुभम खनालले ४ओभरमा १ मेडेन राख्दै ६ रन खर्चंदै ३ विकेट तथा नवीन भन्डारिले २ ओभरमा १ मेडेन राख्दै ५ रन खर्चंदै ३ विकेट हात पारे ।
द रिभाइभलियन्सका लेख बहादुर फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ उत्कृष्ट ब्याट्म्यान शुभम खनाल , उत्कृष्ट बलर पनि शुभम खनाल तथा प्लेयर अफ द टुर्नामेन्ट समेत शुभम खनाल नै घोषित भए! प्लेयर अफ द टुर्नामेन्ट रु.१० हजार, उत्कृष्ट ब्याट्सम्यान रु. ७ हजार ५०० र उत्कृष्ट बलर रु. ७ हजार ५०० द्वारा सम्मान गरिएको थियो! साथै बिजेता टिमले रु १ लाख र उपबिजेता टिमले रु. ५० हजार रकम प्राप्त गरेका थिए!
