बिरगंजलाई कलैया टि-२० को उपाधि

२०७९ फाल्गुन १३, शनिबार १६:५०

कलैया टि-२० मेयर कप २०७९ को उपाधि बिरगंजले जितेको छ।

शनिवार सिद्धेश्वर खेल मैदान कलैयामा सम्पन्न फाइनलमा पर्सा क्रिकेट संघको टिम बिरगंजले मकवानपुर क्रिकेट संघको टिम हेटौडालाई २३ रनले पराजित गर्यो।

खेलमा बिरगंजले दिएको १४२ रनको लक्ष्य पछ्याएको मकवानपुरले १९.४ ओभरमा ११८ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि सुबर्ण भट्टले सर्वाधिक २८ सक्षम बस्ताकोटीले २५ तथा गौरब खड्काले २२ रन बनाए।

बिरगंजका बलर साहिल हवारीले ४ विकेट लिए जुन क्रममा ३.४ ओभरमा २१ रन खर्चिए। रंजित कुमार र सैफुल्लाह अन्सारीले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बिरगंजले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन बनायो। उसको लागि कप्तान सुरज पटेलले सर्वाधिक ४९ रन योगदान दिए जो प्लेयर अफ द फाइनल घोषित भए। नसरुद्दीन अन्सारीले २१ तथा संसाद मन्सुरीले १७ रन बनाए। मकवानपुरका रिजन ढकाल र समिर चौलागाईले २/२ विकेट लिए।

उपाधिसंगै बिरगंजले ६० हजार उपविजेता मकवानपुरले ३० हजार रुपैयाँ पुरस्कार पायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी मकवानपुरक शुभ कंसाकार घोषित भए जसले प्रतियोगितामा १३८ रन बनाउनुको साथै ७ विकेट पनि लिए। कंसाकारनै उत्कृस्ट ब्याट्सम्यान समेत घोषित भए। ८ विकेट लिएका कलैया क्रिकेट क्लबका तृत राज दास प्रतियोगिताको उत्कृस्ट बलर घोषित भए। मकवानपुरका आशिष पोख्रेल उदयमान खेलाडी घोषित भएको कलैया क्रिकेट क्लबका डाइरेक्टर जटा शंकर शर्राफले जानकारी दिए।

कलैया क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा भारतको दुई वटा समेत गरि छ टिम सहभागी थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy