एलआरआइलाई अन्तर स्कुल क्रिकेटको उपाधि

२०८२ असार ९, सोमबार २१:५१

काठमाडौँको एलआइ स्कुलले अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

मनकामना माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलआरआइले सेलेब्रेसन स्कुललाई ३६ रनले पराजित गर्यो।

फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको एलआरआईले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको थियो। उसको लागि सोमराज पन्तले सर्वाधिक २५ तथा श्रेयस अवस्थीले २४ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा सेलेब्रेसन स्कुलले १० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो। उसका कृष्ण हमालले सर्वाधिक ११ रन बनाए। एलआरआइका सोमराज पन्त र सुबोध चौधरीले समान २ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका सोमराज प्लेयर अफ द फाइनल घोषित भए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी एलआरआइकै अभि थपलिया घोषित भए। उत्कृस्ट बलर एलआरआइका स्योन सिंह तथा उत्कृस्ट ब्याट्सम्यान सेलेब्रासन स्कुलका साकार केसी घोषित भए।

मनकामना माध्यमिक विद्यालय इन्डोर मैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौँका ५ वटा स्कुलको सहभागिता रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy