उपाध्याय बैजनाथपुर क्रिकेट मैदानको क्युरेटर नियुक्त

२०७८ भाद्र १८, शुक्रबार १७:२६

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रादेशिक क्रिकेट संघ प्रदेश नम्बर-१ बिराटनगरमा अवस्थित बैजनाथपुर क्रिकेट मैदानको सहायक क्युरेटर पदमा शिरिष कुमार उपाध्यायलाई नियुक्त गरेको छ।

सेप्टेम्बर १ तारिख तारिख देखि लागु हुने गरि उपाध्यायलाई मासिक रु. १५ हजार तलव उपलब्ध गराउने गरि नियुक्त गरिएको हो। क्यानले उनलाई परिक्षणकालको रुपमा ३ महिनाको करारमा नियुक्त गरेको बताएको छ। क्यानको गत महिना साउन २८ गतेको कार्य सम्पादन समितिले उपाध्यायलाई नियुक गर्ने निर्णय गरिएको थियो।

क्युरेटर बाहेक एसीसीको लेभल-२ अम्पायर समेत रहेका उपाध्याय करिब तिन दशक देख अम्पायरको भूमिकामा समेत सक्रिय रहेका छन्। उनले जनकपुरको लागि राष्ट्रिय क्रिकेट समेत खेलेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy