रोहित राष्ट्रिय टिमको उपकप्तान

Rohit Paudel

रास्ट्रिय क्रिकेट टिमका माथिल्लो क्रमका युवा ब्याट्सम्यान रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघले पूर्व उपकप्तान दिपेन्द्र ऐरीलाई अनुशाशनको कारवाही गर्दै उपकप्तान पदबाट मुक्त गरेपछि नेपाली टिम उपकप्तानविहिन थियो। भविष्यको कप्तानको रुपमा हेरिने हुनाले राष्ट्रिय टिमको उपकप्तान को नियुक्त होला भन्ने चासो समर्थकहरुमा रहेको थियो। नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत यसै महिना मे २८ तारिखबाट अमेरिका र स्कटल्याण्डसंग खेल्ने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितले पहिलो पटक उपकप्तनी पद सम्हाल्नेछन्।

दायाँ हाते ब्याट्सम्यान रोहितले यस अघि अन्डर-१९ राष्ट्रिय टिमको कप्तानी सम्हालेको अनुभव छ। उनले २०१९ को आईसीसी अन्डर-१९ विश्वकप छनोट प्रतियोगितामा पहिलो पटक नेपालको कप्तानी सम्हालेका थिए। यस्तै उनले २ वर्ष अघि इंग्ल्यान्डको मेरीलेबोन क्रिकेट क्लबले नेपाल भ्रमण गर्दा समेत यु-१९ मिश्रित टिमको कप्तानी गरेका थिए। उनको कप्तानीमा नेपालले

४ वर्ष अघि २०१८ मा नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका रोहितले सोहि वर्ष विश्व क्रिकेट लिग डिभिजन-२ मा नामिबिया बिरुद्ध सिनियर टिमबाट डेब्यु गरेका थिए।

नेपालको लागि १७ एकदिवसीय अन्तर्राष्ट्रिय र १६ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका रोहितले क्रमशः ६२३ रन र २२० रन बनाएका छन्। एकदिवसीयमा नेपालको सर्वाधिक रनकर्ता रोहितले ४१.५३ को औशतमा १ शतक र ४ अर्धशतक मद्दतले ६२३ रन बनाएका छन्। उनि पछि दोश्रो धेरै ज्ञानेन्द्र मल्लले १९ खेलमा २६.६६ को औशतले ४८० रन बनाएका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]