ईपीएल खेल्न नेपाल आइपुगे श्रीलंकन पूर्वकप्तान थारांगा

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान उपुल थारांगा र श्रीलंकन पूर्व क्रिकेटर धम्मिका प्रशाद नेपाल आइपुगेका छन्।

थारांगा र प्रशाद ईपीएलमा शरद भेसावकर कप्तानीको टिम भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गर्दैछन्। नेपाल पुगेपछि थरांगाले आफ्नो फेसबुकमा न्यानो स्वागत पाएको पोस्ट गरेका छन्। यस्तै टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि मंगलबार बिहानै नेपाल पुगीसकेका छन्। सोमबार पोखरा राइनोजको प्रतिनिधित्व गरिरहेका वेस्टइन्डिज क्रिकेटर केसरिक् विलियम्स पनि नेपाल आइपुगीसकेका छन्। 

श्रीलंकाको लागि २००५ देखि २०१९ सम्म ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि-२० खेलेका ३६ वर्षीय थाराँगाले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। ३६ वर्षीय देब्रे हाते ब्याट्सम्यानले टेस्टमा ३ शतक मद्दतले १,७५४ रन, एकदिवसीयमा १५ शतक मद्दतले ६,९५१ रन तथा टि-२० मा ४०७ रन बनाएका छन्। उनि एकदिवसीयमा श्रीलंकाको आठौँ सर्वाधिक रनकर्ता हुन् भने पाँचौ सर्वाधिक शतक बनाउने ब्याट्सम्यान समेत हुन्।

यस्तै २०१५ मा अन्तिम पटक श्रीलंकाको लागि खेलेका दायाँ हाते फास्ट बलर ३८ वर्षीय धम्मिका प्रसादले देशको लागि २५ टेस्ट, २४ एकदिवसीय र १ टि-२० मा प्रतिनिधित्व गरेका थिए। त्यस क्रममा उनले टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिए। २००६ मा डेब्यु गरेका उनले यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

भैरहवा ग्ल्याडीएटर्समा विदेशी खेलाडीको रुपमा बंगलादेशका स्टार क्रिकेटर तामिम इकबाल र मलेसियाका शर्भिन मुनिएन्डी रहेका छन्। टिममा नेपाली खेलाडीहरु कप्तान शरद भेसावकर पछि आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, अनिल खरेल, दुर्गेश गुप्ता र बिकाश आग्री रहेका छन्।

भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]