नेपालसँग खेल्नु अघि बंगलादेशको शानदार जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादशले अमेरिकामाथि शानदार जित निकालेको छ ।

तीन खेलको टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकामाथि बंगलादेशले १० विकेटको शानदार जित पारेको हो । तर, एक खेल अगावै सिरिज गुमाएको बंगलादेशका लागि यो सान्त्वना जितमा परिणत भयो ।

अमेरिकाले १ सय ४ रनको लक्ष्य बंगलादेशले ११ दशमलब ४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

बंगलादेशका लागि ओपनर तान्जित हसनले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर सौम्य सरकारले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

अमेरिकाका लागि ७ बलर प्रयोग भए तापनि कुनै विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर आन्द्रे गोसले १५ बलमा २७ तथा कोरी एन्डरसन र शाहान जाहान्गरले समान १८/१८ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४ ओभरमा १० रन खर्चिएर ६ विकेट लिए ।

विजयी बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]