क्यानडा बिरुद्ध पुबुदु प्रशिक्षक रहेको अमेरिकाको अपत्यारिलो जित

  • विकेटनेपाल, असोज १० – बुधबार 

२०२० आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत अमेरिका सब रिजनल ( ए ) छनौट प्रतियोगिता अन्तर्गत अमेरिकाले क्यानडालाई अपत्यारिलो ढंगले पराजित गरेको छ। अमेरिकी टिमलाई हाल नेपाली क्रिकेट टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण गरिरहेका छन्।

अमेरिकाको नर्थ क्यारोलिना आयोजनामा आयोजना भइरहेको प्रतियोगिता अन्तर्गत भएको खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै क्यानडाले २०ओभरमा ८ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो।

टेलरको चमत्कार 

१७४ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका कुनै बेला हारको संघारमा थियो। तर तेश्रो नम्बरमा ब्याटिंग गरेका स्टिभ टेलरले चमत्कारिक प्रदर्शन गर्दै क्यानडाको मुखबाट जित खोस्न पुगे।

अन्तिम ओभरमा जितको लागि २२ रन आवस्यक थियो र बलिङ्ग गर्दै थिए जुनैद सिद्धिकी।

जुनैदको पहिलो बलमै टेलरले छक्का प्रहार गरे भने त्यसपछिको २ वटा बलमा २/२ रन लिए। अब बाँकि थियो ३ बल र जितको लागि १२ रन। टेलर रोकिएनन् र चौथो बललाई पनि छक्का हिर्काए। अन्तिम २ बलमा अब अझै जितको लागि ६ रन आवस्यक थियो।

टेलरले अन्तिम बलसम्म खेललाई लैजाने धैर्यता राखेनन् र जुनैदको पाँचौ बललाई पनि छक्का प्रहार गर्दै अमेरिकालाई अपत्यारिलो जस्तो जित दिलाए। अन्तिम ओभरमा २२ रनको मदतले टेलरले अविजित ९६ रन बनाए जुन क्रममा मात्र ५४ बलमा ७ छक्का र ५ चौका प्रहार गरे।


जितसंगै प्रतियोगिताको अंक तालिकामा अमेरिका ५ खेलमा ४ जित र १ हारको साथ शिर्षस्थानमा रहेको छ भने समान जित/हार सहित क्यानडा नेट रन रेटको आधारमा दोश्रो स्थानमा रहेको छ। पानामा र बेलिज तेश्रो र चौथो स्थानमा छन्।

प्रतियोगिताकै यस अघि क्यानडा र अमेरिका बीचको खेलमा क्यानडाले पनि चमत्कारिक जित निकालेको थियो। आइतबार सम्पन्न खेलको अन्तिम बलमा जितको लागि ७ रन आवस्यक रहेको बेला रिज्ज्वान चिमाले छक्का ! प्रहार गर्दै खेल बराबरी बनाएका थिए। बराबरी भएपछि सुपर ओभरमा खेल क्यानडाले जितेको थियो।

नेपाल बिरुद्ध टेलरको त्यो विस्फोटक ब्याटिंग 

देब्रे हाते ब्याट्सम्यान स्टिभ टेलर विस्फोटक ब्याटिंगको लागि यो भन्दा अघि देखि चिनिदै आएका छन्। सन् २०१३ को बर्मुडामा आयोजित डिभिजन-३ मा उनले नेपालबिरुद्ध १६२ रनको विस्फोटक इनिंग खेलेका थिए।

प्रतियोगिताको पहिलो खेलमै नेपालले अमेरिकाको सामना गर्दा पहिलो ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ३६६ रनको बिशाल योगफल तयार गरेको थियो। ओपनिङ्ग ब्याटिंग गरेका टेलरले १२ छक्का र १२ वटै चौका प्रहार गर्दै नेपाली बलरहरुको सातो लिएका थिए। १०२ बलमा उनले १६२ रन बनाएका थिए।

Steven Taylor
Steven Taylor ( Photo ICC )

लक्ष्य पछ्याउने क्रममा नेपालले २७२ रन बनाउन सकेको थियो र खेल ९४ रनले हारेको थियो। नेपालको लागि पारस खड्काले ७३ रन ( ९४ बल, २ छक्का र ९ चौका ) तथा शरद भेसावकरले ७२ रन ( ६१ बल, ६ छक्का र ४ चौका ) प्रहार गरेका थिए।

उक्त प्रतियोगितामा अमेरिका र युगान्डासंग पहिलो २ खेलमै पराजित भए पनि नेपालले त्यसपछि बर्मुडा, ओमान र इटालीलाई समुह चरणमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]