डिभिजन-२, नामिबीया बिरुद्ध अमेरिकाको अपत्यारिलो जित

  • विकेटनेपाल, बैशाख-७ 

नामिबियामा जारि आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई अपत्यारिलो तरिकाले पराजित गरेको छ।

डिभिजन-२ अन्तर्गत दोश्रो दिनको खेलमा ओमानले क्यानडालाई, पपुवा न्यु गिनीले हंगकंगलाई तथा अमेरिकाले नामिबियालाई पराजित गर्यो। यस अघि हिजो प्रतियोगिताको पहिलो दिन नामिबियाले पपुवा न्युगनीलाई, हंगकंगले क्यानडालाई तथा ओमानले अमेरिकालाई पराजित गरेको थियो।

प्रतियोगिताबाट उत्कृस्ट हुने ४ टिमलाई अन्तर्रास्ट्रिय क्रिकेट परिषद – आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिनेछ।

अमेरिकाको अपत्यारिलो जित, अलिको अचम्मित पार्ने बलिंग 

नेपालको पुर्व प्रशिक्षक पुबुदु दासानायकेले हाल प्रशिक्षण गरिरहेको टिम अमेरिकाले आयोजक नामिबियालाई २ रनको झिनो अन्तरले पराजित गर्यो।

खेलमा टस हारेर ब्याटिंग गरेको अमेरिकाले नामिबियालाई २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नामिबियालाई अन्तिमको ३ ओभरमा २० रन आवस्यक थियो र साथमा थियो ५ विकेट।

सो अवस्थामा ४८ औं ओभरमा नामिबियाले १ विकेट गुमायो भने ओभरमा ६ रन बन्यो। त्यसपछि अब जित्न २ ओभरमा १४ रन र साथमा थियो ४ विकेट। त्यसपछि खेलले नाटकियरुपमा मोड लियो।

बलिंग गर्न आएका अमेरिकी तिब्र गति बलर अलि खानले ४९ ओभरको पहिलो बलमा क्रिजमा जमिरहेका भिल्जोनको विकेट लिए। त्यसपछि ओभरको पाँचौ र छैठौं बलमा लगातार २ विकेट लिंदै टेलरले खेललाई अमेरिकाको पकडमा ल्याए।

अन्तिम ओभरमा जितको लागि नामिबियालाई ७ रन आवस्यक थियो र बाँकी थियो १ मात्र विकेट।

अन्तिम ओभर बलिंग गरेका नेत्रभाल्करले पहिलो र दोश्रो बलमा १/१ रन दिए भने तेश्रो बलमा २ रन दिंदा ३ बलमा नामिबियालाई जित्न ३ रननै बाँकी रह्यो।

त्यो अवस्थामा चौथो बलमा रन लिने चक्करमा नामिबिया ब्याट्सम्यान ग्रोएनवाल्ड रन आउट भए। अमेरिकाले २ रनको अन्तरले सनसनीपूर्ण जित दर्ता गर्यो।

उत्कृस्ट बलिंग गर्दै प्लेयर अफ द म्याच चुनिएका अलि खानले १० ओभरमा ४६ रन दिएर ५ विकेट लिए। यस्तै अन्तिम ओभर बलिंग गरेका  नेत्रभाल्करले ३ विकेट ( ९.४-०-५०-३ ) लिए।

नामिबिया ब्याट्सम्यान तथा कप्तान मरे इरास्मसले ९२ रन बनाए पनि जित भने दिलाउन सकेनन्।

यस अघि अमेरिकाको ब्याटिंगमा आरोन जोनसले अविजित १०३ रनको इनिंग खेलेका थिए। स्टेभन टेलरले ४४ रन बनाएका थिए। नामिबिया बलर जे स्मितले ५ विकेट लिएका थिए।

पपुवा न्यु गिनी र ओमानको जित 

शनिवार सम्पन्न अर्को खेलमा हंगकंगले दिएको २२३ रनको लक्ष्य पपुवा न्यु गिनीले ७ विकेट गुमाएर पुरा गर्यो।

हंगकंगको लागि ब्याटिंगमा अन्शुमन रथले ८५ रन बनाएका थिए। लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीको लागि ओपनर टिपी उराले ८७ रन बनाउदै जितमा महत्वपूर्ण योगदान दिए।

यस्तै आजकै अर्को खेलमा ओमानले क्यानडालाई ९९ रनले पराजित गर्यो। ओमानले दिएको २८६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले १८६ रन मात्रै बनाउन सक्यो। ओमानको लागि जिसान मक्सुदले १०९ र अकिब इल्यासले ८६ रन बनाए भने बलिंगमा फय्याज बटले ३ विकेट लिए।

Points table

Team Played Won Lost Points
Oman 2 2 0 4
Hong Kong 2 1 1 2
Namibia 2 1 1 2
PNG 2 1 1 2
USA 2 1 1 2
Canada 2 0 2 0

( फिचर फोटो – फाइल तस्बिर )





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]