अमेरिकाले पनि पपुवा न्यु गिनीसंग दुई वटा ओडीआई खेल्ने

सेप्टेम्बर १३ तारिख देखि ओमानमा सुरु हुने विश्व कप लिग-२ अन्तर्गत ओमान, नेपाल र अमेरिका बीच हुने त्रिकोणात्मक सिरिज अघि अमेरिकाले पनि पपुवा न्यु गिनीसंग दुईवटा अभ्यास खेल खेल्ने भएको छ।

नेपालले सेप्टेम्बर ७ र १० तारिखमा तथा अमेरिकाले सेप्टेम्बर ६ र ९ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेको छ। सबै खेलहरु एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको छ। यस अघि नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका रहेता पनि अमेरिकासंग पनि खेल्ने भए पछि नेपालको खेलको मिति परिवर्तन गरिएको हो। नेपालको खेलको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ।

नेपाल र पपुवा न्यु गिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सेप्टेम्बर ७ तारिखमा ११:१५ बजे नेपाली समय तथा ओमान समय ९:३० बजे बिहान सुरु हुनेछ। यस्तै दोश्रो खेल सेप्टेम्बर १० तारिखमा डे-नाइट हुनेछ जुन नेपाली समय ४:१५ बजे तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। ओमान क्रिकेट एकेडेमी मैदानमा खेलहरु हुनेछ।

नेपालले विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल अमेरिकासंग सेप्टेम्बर १३ तारिखमा खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। लिग-२ अन्तर्गत नेपालको खेलहरु एक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण हुने सम्भावना रहेको छ जसको अधिकारिक घोषणा भने भएको छैन।

यो पनि पढ्नुसनेपाल-ओमानसंग त्रिकोणात्मक सिरिज खेल्ने अमेरिकी टिमको घोषणा





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]