अमेरिका भ्रमणका लागि नेपाली टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

घोषित नेपाली टिममा जिम्बाब्वे ‘ए’ टिम बिरुद्ध  गत महिना राष्ट्रिय टिममा पुनरागमन गरेका सुनिल धमला तथा विनोद भण्डारीले निरन्तरता पाएका छन्। यस्तै युवा ब्याट्सम्यान देव खनाल र आदील अन्सारी पनि टिममा छन्। यस्तै जिम्बाब्वे ‘ए’ बिरुद्ध रास्ट्रिय टिमको लागि डेब्यु गरेका फास्ट बलर किशोर महतो पनि टिममा अटाएका छन्। टिममा एक मात्र देब्रे हाते स्पिनरको रुपमा सागर ढकाल छन्।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।

सिरिजको लागि अमेरिकाले पनि मोनाक पटेल कप्तानीमा टिमको घोषणा गरिसकेको छ।

अमेरिका टोलि :

मोनाक पटेल ( कप्तान ) , आरोन जोन्स ( उपकप्तान ) , अलि खान, क्यामरन स्टेभेनसन, गजानन्द सिंह, जस्करन मलहोत्रा, निसर्ग पटेल, नोस्ठुस केंजिगे, राहुल जरिवाला, रस्टि थेरोन, सौरभ नेत्रभाल्कर, स्टेभेन टेलर, सुशान्त मोदानी, यासिर मोहम्मद

आईसीसी विश्वकप लिग-२ को अंकतालिका 

Teams Mat Won Lost Tied N/R Pts Net RR
Oman 32 19 11 1 1 40 0.156
Scotland 16 11 3 0 2 24 0.574
United Arab Emirates 18 10 6 1 1 22 0.220
Namibia 14 7 7 0 0 14 0.096
United States of America 16 7 9 0 0 14 -0.229
Nepal 12 6 6 0 0 12 0.113
Papua New Guinea 20 1 19 0 0 2 -0.856

 





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]