WCL-2 : नेपाल-ओमानसंग त्रिकोणात्मक सिरिज खेल्ने अमेरिकी टिमको घोषणा

नेपाल र ओमान बिरुद्ध विश्वकप लिग-२ अन्तर्गत ओमानमा सेप्टेम्बर १३ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि अमेरिकाले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

गत वर्ष फेब्रुअरीमा नेपाल र ओमानसंग लिग-२ अन्तर्गतकै सिरिज खेलेपछि अमेरिकाले कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको छैन। सिरिज अघि अमेरिकाले पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जुन ५७२ दिन पछि अमेरिकाको पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।

सौरभ नेत्रभाल्कर कप्तानीको अमेरिकी टिममा गत वर्ष नेपाल आएका पूर्व दक्षिण अफ्रिकी क्रिकेटर समेत रहेका रस्टि थेरोन यो पटक टिममा छैनन्। उक्त सिरिजमा अमेरिकाले ४ वटै खेलमा हार बेहोरेको थियो।  यस्तै उक्त टिममा रहेका इयान होल्याण्ड, अक्षय होमराज, जेभियर मार्शल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन पनि टिममा छैनन्। लेग स्पिनर पटेल अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने क्रममा उत्कृस्ट योगदान दिएता पनि नेपाल भ्रमणमा उनि विकेटविहिन रहेका थिए। होल्याण्डले उक्त सिरिजमा नेपाल र ओमानसंग अर्धशतक बनाएका थिए भने स्टेभेन्सनले नेपाल बिरुद्ध ३ विकेट लिएका थिए। होल्याण्ड हाल इंग्ल्यान्डमा रहेका छन् र त्यहाँको काउन्टी क्रिकेट टिम ह्याम्पसायरको प्रतिनिधित्व गरिरहेका छन्।

नेपाल भ्रमणमा दुई अर्धशतक बनाएका होल्याण्ड टिममा छैनन्

घोषित टिममा वेस्टइन्डिजका यु-१९ क्रिकेटर तथा करेबिय प्रिमियर लिगमा गायन अमेजन वारियर्सको लागि खेलीसकेका देब्रे हाते ब्याट्सम्यान गजानन्द सिंहले पहिलो पटक स्थान बनाएका छन्। यस्तै २० वर्षीय फास्ट बलर अभिषेक परदकर, ३२ वर्षीय ब्याट्सम्यान सुशान्त मोदानी र २८ वर्षीय ब्याट्सम्यान डोमोनिक रिकीले पहिलो पटक टिममा स्थान बनाएका छन्।

अमेरिकी टिमको मुख्य प्रशिक्षक ४६ वर्षीय जे अरुणकुमारले पहिलो पटक टिमको प्रशिक्षण सम्हाल्नेछन् जसले भारतको कर्नाटका र आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोरको लागि खेलेका थिए।

अमेरिकी टिम : सौरभ नेत्रभाल्कर ( कप्तान ) , आरोन जोन्स ( उपकप्तान ) , करिमा गोरे, एल्मोर हचकिन्सन, नोस्थुश केन्जिगे, जस्करन मलहोत्रा, सुशान्त मोदानी, अभिषेक परदकर, मोनाक पटेल, निसर्ग पटेल, डोमिनिक रिखी, गजानन्द सिंह, जेसी सिंह, स्टेभेन टेलर, रिजर्भ खेलाडी –  कायल फिलिप

लिग-२ अंकतालिकामा अमेरिका १२ खेलमा ६ जित र ६ हार पछि १२ अंक सहित दोश्रो स्थानमा रहेको छ। यस्तै ओमान १० खेलमा ८ जित र २ हार पछि १६ अंक सहित पहिलो स्थानमा छ। नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]