काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको बंगलादशले अमेरिकासँग लगातार दोस्रो हार व्यहोरेको छ ।
तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि छ रनको जित हात पार्दै एक खेल अगावै सिरिज जितेको छ ।
अमेरिकाले १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ दशमलब ३ ओभरमा अल आउट हुदै १ सय ३८ रन मात्र बनायो ।
बंगलादेशका लागि कप्तान नजमुल हसन शान्तोले ३४ बलमा ३६ तथा शाकिब अल हसनले २३ बलमा ३० रन बनाए ।
अमेरिकाका लागि अलि खानले तीन तथा सौरभ नेत्रभाल्कर र साड्ली भानले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
अमेरिकाका लागि कप्तान मोनाकं पटेलले ३८ बलमा ४२ तथा आरोन जोन्सले ३४ बलमा ३५ रन बनाए ।
पराजित बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।