अमेरिकाले टस जित्यो

२०८१ जेष्ठ २०, आईतवार ०६:०४

काठमाडौं । घरेलु टोली अमेरिकाले नवौं संस्करणको टी-२० विश्वकपको पहिलो खेलमा टस जितेको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीका कप्तान मोनाकं पटेलले क्यानडाविरुद्धको खेलमा टस जितेर बलिङ रोजेका हुन् ।

अमेरिका र क्यानडा दुवैले पहिलो पटक टी-२० विश्वकपमा स्थान बनाएकाले यो खेल दुवै राष्ट्रका लागि ऐतिहासिक रहेको छ ।

क्यानडाले एकदिवसीय क्रिकेट विश्वकपमा चार पटक सहभागीता जनाईसकेको भए पनि टी-२० विश्वकपमा भने पहिलो पटक सहभागी हुन लागेको हो । अमेरिकाले भने क्रिकेटको विश्वकप स्तरको प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

अमेरिका आयोजक राष्ट्रको रुपमा यस विश्वकपका लागि सिधै छनोट भएको हो । उता, क्यानडा भने अमेरिका महादेश छनोटबाट विश्वकपमा स्थान बनाएको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy