अमेरिकाले टस जित्यो

काठमाडौं । घरेलु टोली अमेरिकाले नवौं संस्करणको टी-२० विश्वकपको पहिलो खेलमा टस जितेको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीका कप्तान मोनाकं पटेलले क्यानडाविरुद्धको खेलमा टस जितेर बलिङ रोजेका हुन् ।

अमेरिका र क्यानडा दुवैले पहिलो पटक टी-२० विश्वकपमा स्थान बनाएकाले यो खेल दुवै राष्ट्रका लागि ऐतिहासिक रहेको छ ।

क्यानडाले एकदिवसीय क्रिकेट विश्वकपमा चार पटक सहभागीता जनाईसकेको भए पनि टी-२० विश्वकपमा भने पहिलो पटक सहभागी हुन लागेको हो । अमेरिकाले भने क्रिकेटको विश्वकप स्तरको प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

अमेरिका आयोजक राष्ट्रको रुपमा यस विश्वकपका लागि सिधै छनोट भएको हो । उता, क्यानडा भने अमेरिका महादेश छनोटबाट विश्वकपमा स्थान बनाएको हो ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]