टी-२० विश्वकप आइतबारबाट, इतिहास बनाउँदै क्यानडा र अमेरिका

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप क्रिकेट आइतबारबाट सुरु हुदैछ । यस संस्करणको टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ ।

विश्वकपको पहिलो खेलमा समूह ए मा रहेका क्यानडा र आयोजक अमेरिकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान सवा छमा अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुदैछ । अमेरिका र क्यानडा दुवैले पहिलो पटक टी-२० विश्वकपमा स्थान बनाएकाले यो खेल दुवै राष्ट्रका लागि ऐतिहासिक रहेको छ ।

क्यानडाले एकदिवसीय क्रिकेट विश्वकपमा चार पटक सहभागीता जनाईसकेको भए पनि टी-२० विश्वकपमा भने पहिलो पटक सहभागी हुन लागेको हो । अमेरिकाले भने क्रिकेटको विश्वकप स्तरको प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।

अमेरिका आयोजक राष्ट्रको रुपमा यस विश्वकपका लागि सिधै छनोट भएको हो । उता, क्यानडा भने अमेरिका महादेश छनोटबाट विश्वकपमा स्थान बनाएको हो ।

नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा क्यानडा र अमेरिकाका अलावा भारत, पाकिस्तान र आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान छन् । समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

यि दुईबीचमा भएको पछिल्लो पाँच टी-२० आई खेलमा चार पटक अमेरिका विजयी हुँदा एक खेल वर्षाका कारण रद्ध भएको थियो ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]