भारतलाई अमेरिकाले दियो १११ रनको लक्ष्य

२०८१ जेष्ठ ३०, बुधबार २१:५७

काठमाडौं । घरेलु भुमी तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको विश्वकपमा अमेरिकाले भारतलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ ।

न्युयोर्कमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनायो ।

अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २७ तथा ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । कोरी एन्डरसनले १२ बलमा १५ तथा कप्तान आरोन जोन्सले २२ बलमा ११ रन बनाए ।

भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिए । हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy