अमेरिकामाथि नेदरल्यान्ड्सको जित 

नेदरल्यान्ड्मा जारी रहेको त्रिकोणात्मक टि२० आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि सानदार जित हात पारेको छ ।

नेदरल्यान्ड्सले अमेरिकामाथि १ सय २ रनको फराकिलो जित दर्ता गरेको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका १५.४ ओभरमा १ सय १५ रन बनाउदै अल आउट भयो ।

अमेरिकाका लागि शयान जाहाङ्गीरले २९ बलमा सर्वाधिक ३७ रन जोडे । आरोन जोन्सले १८ बलमा ३४ तथा कप्तान मोनांक पटेलले १४ रन जोडे । अमेरिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले ३, जैच लायन-कैचेट, पल भान मेकरेन र काइल क्लेनले समान २ तथा आर्यन दत्तले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रनको योगफल तयार गरेको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाड्स तथा माइकल लेभिटले अर्धशतक बनाएका थिए । कप्तान एडवाड्सले ४० बलमा ४ चौका र ४ छक्काको सहयोगमा नट आउट रहदै सर्वाधिक ८१ रन जोडे । ओपनर लेभिटले ३४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रन जोडे । म्याक्स ओ डाउडले १३ बलमा २८, ज़ैच लायन-कैचेटले १४ बलमा १४ तथा काइल क्लेनले १४ बलमा १४ रन जोडे ।

अमेरिकाका लागि शाल्डी भानले ३ विकेट लिए । त्रिकोणात्मक सिरिजमा सोमबार नेदरल्यान्ड्स र क्यानडाबीच खेल हुदैछ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]