विश्वकप लिग-२ : नामिबिया बिरुद्ध अमेरिकाको जितले नेपाललाई के पर्यो असर

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा अमेरिकाले घरेलु टोलि नामिबियालाई ७१ रनले पराजित गरेको छ। सिरिजको पहिलो खेलमा नामिबियाले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो।

विन्ढोकमा सम्पन्न खेलमा अमेरिकाले दिएको २४५ रनको लक्ष्य पछ्याएको नामिबियाले ४३.४ ओभरमा १७३ रनमा सबै विकेट गुमायो। नामिबियाको लागि कप्तान जेरार्ड इरास्मसले २७, लोहन्ड्रे लौरेन्सले २५, माइकल भान लिगेनले २३ तथा जेजे स्मितले २२ रन बनाए।

अमेरिकी बलर सौरभ नेत्रभाल्कर, इयान होल्याण्ड, स्टेभेन टेलर र नोस्थुस केंजिगेले २/२ तथा जस्दिप सिंह र निसर्ग पटेलले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन बनायो। गजानन्द सिंहले सर्वाधिक ६६ रन बनाउदा आरोन जोन्सले ३५, मोनाक पटेलले ३३ तथा स्टेभेन टेलरले २३ रन बनाए। नामिबियाका अलर बर्नार्ड स्कल्ज र रुबेन ट्रंपलम्यानले ३/३ विकेट लिए।

अमेरिकाको जितले नेपाललाई असर 

जितपछि अमेरिका लिग-२ अंकतालिकाको तेश्रो स्थानमा यथावत छ। ३३ खेल खेल्दा अमेरिकाले १४ जित र १६ हार बेहोर्दै ३१ अंक बटुलेको छ। नामिबियाको २४ खेलमा १४ जित र १० हारले २८ अंकछ। ओमान ३६ खेलमा ४४ अंक सहित पहिलो र स्कटल्याण्ड २८ खेलमा ४० अंक सहित दोश्रो स्थानमा छ। नेपाल २० खेलमा ८ जित, ११ हार र १ बराबरी खेलपछि १७ अंक सहित छैठौं स्थानमा छ।

लिग-२ अंक तालिकाको शिर्ष ३ टिम एकदिवसीय विश्वकप छनोट खेल्न छनोट हुनेछ। अधिकारिक रुपमा घोषित नभएता पनि अंकतालिकाको शिर्ष-५ टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित हुने बताईएको छ। नेपालको १६ खेल खेल्न बाँकी हुँदा १७ अंक मात्र रहेकोले शिर्ष-३ पुग्न कम्तिमा आधा या सो भन्दा बढी खेल जित्न पर्नेहुन्छ। नेपालको हालसम्म प्रदर्शन हेर्दा शिर्ष-३ भन्दा शिर्ष-५ भित्र पर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु बढी व्यावहारिक देखिन्छ। शिर्ष-५ मा पुग्न नेपालले दुई टिमलाई मात्र पछि पारे पुग्छ।

सबै खेल खेलीसकेको ओमानको ४४ अंक तथा ८ खेल खेल्न बाँकी स्कटल्याण्डको ४० अंक रहेकोले नेपालले ओमान र स्कटल्याण्डलाई पछि पार्दै शिर्ष-३ पुग्न कठिन देखिन्छ। २५ खेलमा २ जितपछि ५ अंक मात्रै रहेको पपुवा न्यु गिनीलाई पछि पार्न नेपाललाई सहज छ जसपछि अमेरिका, नामिबिया र युएई मध्ये एक टिमलाई पछि पारे नेपाल शिर्ष-५ मा हुनेछ।

यो अवस्थामा ३ खेल खेल्न बाँकी रहेको अमेरिकालाई पछि पार्नु नेपालको लागि बढी सहज छ। किनकि नामिबियाको २४ खेलमै २८ अंक छ भने अमेरिकाको ३३ खेलमा ३१ अंक छ। युएईको २६ खेलमा १७ अंक छ।

त्यसैले यदी ३ खेल खेल्न बाँकी हुँदा अमेरिका सक्दो कम अंकमा सिमित होस् भने चाहना नेपालको छ। ३ खेल खेल्न बाँकी हुँदा अमेरिकाको ३१ अंक छ र अब सबै ३ खेल जितेमा उसको ३७ अंक हुनेछ। यदी अमेरिकाको ३७ अंक भएमा १६ खेल खेल्न बाँकी भएको नेपालले अमेरिकालाई पछि पार्न १६ मध्ये ११ खेल जित्नुपर्ने हुन्छ। त्यसैले अमेरिका बाँकी खेलमा हारले नेपाल बढी खुसि हुनेछ।

नेपालले लिग-२ मा आगामी सिरिज नामिबियामा डिसेम्बर २ देखि नामिबिया र स्कटल्याण्डसंग खेल्नेछ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]