नेपालसँग सिरिज खेल्न युएईको टोली घोषणा, नबिदले कप्तानी गर्ने

यही जनवरी २५ देखि सुरु हुने नेपाल विरुद्धको सिरिजका लागि युएईले टोली घोषणा गरेको छ।

नियमित कप्तान रोहन मुस्ताफा प्रतिवन्धमा रहेका कारण युएईको कप्तानी फास्ट बलर मोहम्मद नबिदले गर्ने भएका छन्। नबिदले नेपाली घरेलु क्रिकेटमा पोखरा प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा खेलीसकेका छन्।

इमर्जिंग कप प्रतियोगिता दौरान आयोजकसंग असन्तुष्टी जनाएर सामाजिक संजालमा लेखेका कारण मुस्ताफासहित तीन खेलाडीलाई आठ साताको युएई क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको छ।

सिरीज जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुनेछ। जसमा कूल छ खेल खेलिनेछ। ३ खेलको ओडिआई र ३ खेलको टी-२० इन्टरनेशनल सिरिज हुनेछ।

युएईको टोली:

मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

युएई सिरिजको तालिका

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

नेपालले पनि प्रतियोगिताको लागि २० सदस्यीय प्रारम्भिक टीमको घोषणा गरिसकेको छ ।

२० सदस्यीय टिम :- पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

सिरिजको लागि नेपाली टिमले बुधबार देखि तयारी थालीसकेको छ। सिरिजको दौरान नेपाली टिमलाई भारतीय ब्याटिंग कन्सल्टेन्ट उमेश पटवालले प्रशिक्षण गर्नेछन्। पटवाल बिहिबार नेपाल आएका छन्।

नेपालले २०१८ मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। २ मध्ये नेपालले पहिलो एकदिवसीयमा हार बेहोर्दा दोश्रोमा भने १ रनको जित हाँसिल गरेको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]