भारतीय बलिंग प्रशिक्षक भेंकटराम नेपालमा, चिन्नुस को हुन्

नेपाली राष्ट्रिय टिमको बलिंग पक्षमा सघाउन भारतीय प्रशिक्षक भुरिती भेंकटराम नेपाल आएका छन्। उनि आइतबार नेपाल आएका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले भेंकटरामलाई नेपाल पठाएको हो। उनि ओमान र सिंगापुर सिरिजसम्म नेपाली टिमसंग रहनेछन्।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाल मातृ शोक परे पछि गत हफ्ता भारत फर्केका थिए। पटवाल बुधबार नेपाल फर्किने तालिका रहेको छ। पटवाललाई अब भुरिती भेंकटरामले प्रशिक्षणमा सघाउनेछन्।

को हुन् भुरिती भेंकटराम

६२ वर्षीय भुरिती भेंकटराम बिहार रणजी क्रिकेट टिमका पुर्व कप्तान हुन्। अफ स्पिनर रहेका भेंकटरामले बिहारको लागि १९७३/७४ देखि १९९१/९२ सम्म ६८ वटा प्रथम श्रेणी खेल खेलेका थिए जसमा उनले २६.५२ को औशतले २१७ विकेट लिएका थिए।

खेल जीवन पछि प्रशिक्षकको रुपमा भेंकटरामले त्रिपुरा, झारखण्ड तथा नेसनल क्रिकेट एकेडेमी भारतको समेत प्रशिक्षकको रुपमा काम गरेका थिए। उनि बिसीसीआईका लेभल-३ प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा झारखण्डले रणजी ट्रफीको सेमीफाइनलसम्म पुगेको थियो।

२०११ देखि १३ सम्म उनले भारतको नेसनल क्रिकेट एकेडेमीको स्पिन बलिंग प्रशिक्षकको जिम्मेवारी सम्हालीसकेका छन्। २०१४/१५ सिजनको लागि उनि दोश्रो पटक झारखण्डको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए।

नेपाली टिम हाल सिंगापुर र ओमान सिरिज तथा डिसेम्बरमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको लागि तयारी गरिरहेको छ। सिंगापुरमा नेपालले सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म आयोजक सिंगापुर र जिम्बाबे सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। त्यसपछि ओमानमा हंगकंग, आयरल्याण्ड, नेदरल्याण्ड र ओमानसंग अक्टोबर ५ देखि १० सम्म टि-२० सिरिज खेल्ने नेपाली टिमको तालिका रहेको छ।

नेपाली टिम हाल टियु मैदानमा तयारीमा व्यस्त रहेको छ

सिंगापुर र ओमान सिरिजको लागि नेपाली टिमको घोषणा बिहिबार गरिने बताईएको छ। यो पटक टिममा युवा खेलाडीहरुले मौका पाउने र केहि ठुला खेलाडीहरुलाई आराम दिईने सम्भावना रहेको छ। नेपाली टिम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्नेछ।

सिंगापुर त्रिकोणात्मक सिरिजको खेल तालिका :- सिरिजको पहिलो खेल नेपाल र जिम्बाबे बीच २७ सेप्टेम्बरमा खेलिनेछ। दोश्रो खेलमा नेपालले सिंगापुरसंग २८ सेप्टेम्बरमा खेल्नेछ। तेश्रो खेल सिंगापुर र जिम्बाबे बीच २९ सेप्टेम्बरमा खेलिनेछ। त्यसपछि दोश्रो चरण अन्तर्गत नेपालले जिम्बाबेसंग १ अक्टोबरमा खेल्नेछ। २ अक्टोबरमा नेपालले सिंगापुरसंग खेल्नेछ भने अन्तिम खेल ३ अक्टोबरमा जिम्बाबे र सिंगापुर बीच खेलिनेछ।

ओमान टि-२० सिरिजको खेल तालिका :- सिरिज अन्तर्गत अक्टोबर ६ तारिकमा हंगकंगसंग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ७ मा नेदरल्याण्डसंग दोश्रो खेल, अक्टोबर ९ मा आयरल्याण्डसंग तेश्रो खेल तथा अक्टोबर १० मा आयोजक ओमानसंग चौथो खेल खेल्नेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]