भ्याली कप टी-२० : सीएसी र भक्तपुरको जित

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा भक्तपुर जिल्ला क्रिकेट र सीएसी काठमाडौं विजयी भएका छन् ।

पहिलो खेलमा जित हात पारेको सीएसीले बलपार्क स्पोर्टस एन्ड ईभेन्ट एकेडेमिलाई ५ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको बलपार्कले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।

बलपार्कका लागि तिलकराज भन्डारीले १४ बलमा २८ तथा आशुतोष घिरैयाले ३० बलमा २१ रन बनाए । विवेक रानामगरले १८ बलमा २० रन बनाए ।

सीएसीका लागि प्लेयर अफ द म्याच भएका राज बमले २ तथा युनिश विक्रम सिंह र सुर्य तामाङले समान १/१ विकेट लिए ।

१ सय १८ रनको लक्ष्य सीएसीले १८ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सीएसीका लागि राज बमले २७ बलमा ३९ तथा दीपेन्द्र रावतले २६ बलमा २१ रन बनाए ।

बलपार्कका लागि तिलकराज भन्डारी र अत्रिभ पौडेलले समान २/२ तथा पंकज पान्डेले १ विकेट लिए ।

जितका साथ प्रतियोगिता सुरु गरेको सीएसी काठमाडौं समूह ए को दोस्रो स्थानमा छ । लगातार दोस्रो हारका साथ बलपार्क समूह ए को पुछारमा रहेको छ ।

आज नै भएको महिला तर्फको खेलमा ललितपुर जिल्ला महिला टिमलाई ८ रनले पराजित गरि भक्तपुर जिल्ला महिला टिम विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको भक्तपुरले २० ओभरमा १० विकेट गुमाएर ८० रन बनाएको थियो ।

भक्तपुरले दिएको ८१ रनको लक्ष्य पछ्याएको ललितपुरले १८ दशमलब ४ ओभरमा अल आउट हुदै ७२ रन मात्र बनायो ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको […]

टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ । सुपर एटको […]

रोहितसँग झगडा गरेका तन्जिममाथि आइसीसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ । आइसीसीले आइतबार […]

तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता […]

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित […]

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई जितका लागि […]