भ्याली कप टी-२० : सीएसी काठमाडौंको जित

२०८१ जेष्ठ १६, बुधबार १४:२३

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा सीएसी काठमाडौंले सीएसी भक्तपुरलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो जितको यात्रा कायम राख्ने क्रममा सीएसी काठमाडौंले सीएसी भक्तपुरलाई ५ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सीएसी भक्तपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

सीएसी भकतपुका लागि पुरन थापाले ३९ बलमा ३५ तथा दीपक बोहोराले १७ बलमा ११ रन बनाए । विनोद तामाङले ८ बलमा ८ रन बनाए ।

सीएसी काठमाडौंका लागि प्लेयर अफ द म्याच सुर्य तामाङले ४ तथा सोनु देवकोटाले २ विकेट लिए ।

सीएसी भक्तपुरले दिएको ९३ रनको लक्ष्य सीएसी काठमाडौंले १५ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सीएसी काठमाडौंका लागि सोनु देवकोटाले ३३ बलमा ३४ तथा दीपेन्द्र रावतले १७ बलमा २६ रन बनाए ।

सीएसी भक्तपुरका लागि विकास आग्री र अमरसिंह राउटेलाले समान २/२ तथा दीपक बोहराले १ विकेट लिए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy