भ्याली कप टी-२० : सीएसी काठमाडौंको जित

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा सीएसी काठमाडौंले सीएसी भक्तपुरलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो जितको यात्रा कायम राख्ने क्रममा सीएसी काठमाडौंले सीएसी भक्तपुरलाई ५ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सीएसी भक्तपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

सीएसी भकतपुका लागि पुरन थापाले ३९ बलमा ३५ तथा दीपक बोहोराले १७ बलमा ११ रन बनाए । विनोद तामाङले ८ बलमा ८ रन बनाए ।

सीएसी काठमाडौंका लागि प्लेयर अफ द म्याच सुर्य तामाङले ४ तथा सोनु देवकोटाले २ विकेट लिए ।

सीएसी भक्तपुरले दिएको ९३ रनको लक्ष्य सीएसी काठमाडौंले १५ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सीएसी काठमाडौंका लागि सोनु देवकोटाले ३३ बलमा ३४ तथा दीपेन्द्र रावतले १७ बलमा २६ रन बनाए ।

सीएसी भक्तपुरका लागि विकास आग्री र अमरसिंह राउटेलाले समान २/२ तथा दीपक बोहराले १ विकेट लिए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]